Logo

२०८३, आश्विन ९गते


images
images

मगर दिवस: १ सय ६० युनिट रगत संकलन, ५ सय बढिको नि:शुल्क स्वास्थ्य परिक्षण

मगर दिवस: १ सय ६० युनिट रगत संकलन, ५ सय बढिको नि:शुल्क स्वास्थ्य परिक्षण

images
  • मगर दिवस: १ सय ६० युनिट रगत संकलन, ५ सय बढिको नि:शुल्क स्वास्थ्य परिक्षण
    images
    images

    देवदह । ४१ औं मगर स्थापना दिवसको अवसरमा देवदहमा आयोजित रक्तदान कार्यक्रम १ सय ६० युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक तथा नेपाल मगर युवा संघ देवदह नगर समितीका सचीव नरेश राना मगरले जानकारी दिएका छन् ।

    images
    images
    images

    मगर स्थापना दिवसको अवसरमा कार्यक्रम स्थल देवदह -५ पानबारीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। त्यसति लायन्स क्लब र खैरेनी पोलिक्लिनिकले नि:शुल्क स्वास्थ्य शिविर अन्तर्गत सुगर,प्रेसर परिक्षण गरेको थियो। शिविरमा ५ सय बढिले स्वास्थ्य परिक्षण गराएका थिए ।

    images
    images
    images
    333921927_229370202809821_6323687564846494928_n.jpg

    नेपाल मगर युवा संघ देवदह नगर समितीको आयोजना, नेपाल मगर महिला संघ देवदह नगर समितिको सह-आयोजना र ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

    images
    images
    images

    मनोरंजन सङ्गै सामाजिक कार्य पनि गरिएको मगर युवा संघ देवदह नगर समितिका अध्यक्ष भुवन खासुले बताए।

    भलिबल प्रतियोगिताको उपाधी मायादेवीलाई 

    यसैबीच ४१ औं मगर स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ देवदह नगर समितिले आयोजना गरेको खुल्ला 'बि' लेभल भलिबल प्रतियोगिताको उपाधी मायादेवी युवा क्लब देवदह -५ ले हात पारेको छ ।

    मायादेवीले भुपु सैनिक युवा क्लबलाई २५-९, २५-१७, २५-१५ को सोझो सेटमा पराजित गर्दै ३३ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ। दोस्रो भएको भुपु सैनिकले नगद २२ हजार रुपैयाँ पुरस्कार सहित शिल्ड र मेडल प्राप्त गर्यो। तेस्रो भएको इन्देणी युवा क्लब बिर्ताले ११ हजार शिल्ड मेडल र सान्तवना भएको लाफा समूह बुटवलले ५ हजार नगद हात पार्यो। प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।