Logo

२०८३, आश्विन १०गते


images
images

सोमानी सेरामिक्स टायल उत्पादनका लागि नेपालमै प्लान्ट स्थापना हुँदै

सोमानी सेरामिक्स टायल उत्पादनका लागि नेपालमै प्लान्ट स्थापना हुँदै

images
  • सोमानी सेरामिक्स टायल उत्पादनका लागि नेपालमै प्लान्ट स्थापना हुँदै
    images
    images

    काठमाडौं ।  नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो । 

    images
    images
    images

    काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।

    images
    images
    images

    उक्त अवसरमा बोल्दै मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले मुरारका ग्रुुप आफ्ना ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए । नेपालमै प्लान्ट स्थापना गरी एक वर्षभित्रमा टायल उत्पादन हुने उनले जानकारी दिए । १३ बिघा जग्गमा प्लान्ट स्थापना हुुनेछ । 

    images
    images
    images

    नेपालमा उक्त समूहले टायल उत्पादनका लागि पहिलो र दोस्रो चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ ।

    सोमानीसँगको सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

    सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवं सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोमानी सेरामिक्स टायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।