Logo

२०८३, आश्विन ११गते


images
images

रविन्द्र अधिकारीको चौथो स्मृती सभा सम्पन्न

रविन्द्र अधिकारीको चौथो स्मृती सभा सम्पन्न

images
  • रविन्द्र अधिकारीको चौथो स्मृती सभा सम्पन्न
    images
    images

    राजेश  पराजुली, पोखरा ।  नेपाल सरकारका तत्कालिन संस्कृति , पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको २०७५ साल फागुन १५ गते हेलीकोप्टर दुर्घट्नामा परि निधन भएको ४ वर्ष पुगेको छ । कास्की जिल्लाको भरतपोखरी स्थायी भएका अधिकारी ३ पटकसम्म कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ वाट निर्वाचित भएका थिए । 

    images
    images
    images

    तेस्रो पटक निर्वाचित भएपछि उनि नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री वनेका थिए ।

    images
    images
    images

    स्व. अधिकारीको चौथो स्मृती दिवसका अवसरमा रविन्द्र अधिकारी स्मृती प्रतिष्ठानले पोखरामा चौथो स्मृती सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्मृती दिवससको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्धघाटन गरे । 

    images
    images
    images

    सो अवसरमा नेपालको पर्यटन विधामा पत्रकारिता गर्ने कन्तिपुर टेलीभिजनका पत्रकार सुरज कुँवरलाई रु पचासहजार नगद सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्मृती सभालाई संवोधन गर्दै मुख्यमन्त्री अधिकारीले स्व रविन्द्र अधिकारीलाई दोस्रो मदन भण्डारीको संज्ञा दिएका थिए । 

    कार्यक्रमका विषेश अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले स्व. अधिकारी एक सफल विद्यार्थी,राजनितज्ञ,र मन्त्री भएको वताउदै रविन्द्रका विचारको केही अंशको मात्रै अनुसरण गर्न सकेमा समाज परिवर्तमा महत्वपूर्ण योगदान मिल्ने वताए । सभापतिको आसनवाट प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य विद्या भट्टराई अधिकारीले स्व अधिकारीलाई अझै भुल्न नसकेको वताउदै स्व. अधिकारीले मार्ग निर्देशन गरेका विचारले प्रेरणा दिईरहेको वताईन् । स्मृति प्रतिष्ठान प्रति आम मानिसहरुको चासो वढेको वताउदै भट्टराईले प्रतिष्ठानले स्व अधिकारीका विचार र सकारात्मक कदमहरुलाई आम मानिसहरुमा लैजाने प्रयत्न गरिरहेको वताईन् । प्रष्ठिानका महासचिव एवं पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले स्व रविन्द्र आफ्नो सानै देखिको साथी भएको हुनाले आफुहरु विचको सामिप्यताको वारेमा चर्चा गर्दै अझैपनि रविन्द्र यतै कतै भएको अनुभूति आफुलाई हुने गरेको वताए । आफु सक्रिय राजनितीमा आउने नआउने निस्चित नभएको भन्दै आचार्यले रविन्द्रको निधन पछि धेरै साथीभाईहरुको सुझावमा आफु सक्रिय राजनितीमा आएको वताए ।

    कार्यक्रममा प्रतिष्ठानका सल्लाहाकार, प्रा.डा. भरतराज पाहारी,जिल्ला समन्वय समिती कास्कीका संयोजक लिलाधर पौडेल सम्मानित पत्रकार सुरज कुँवर, पुरस्कारको प्रतिभा छनौट समितीका संयोजक वद्रिविनोद प्रतिक, प्रतिष्ठानका सचिव पुष्पज्योति ढुङ्गाना लगायतले स्व. अधिकारीको वारेमा चर्चा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रविन्द्र अधिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।