Logo

२०८३, कार्तिक २८गते


images
images

करोडौँ मूल्यका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ

करोडौँ मूल्यका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ

images
  • करोडौँ मूल्यका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ
    images

    राजेश पराजुली, गण्डकी प्रदेश चितवन  चितवनमा एक करोड बढीको बहुमुल्य  गरगहना सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार  जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, कारमा सवार भारतको पश्चितम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपत कुमार तोसावर र कारमा सवार सोही स्थानका वर्ष ४२ का नरेश बर्मा रहेका छन् ।

    images
    images
    images

    बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आज विहान १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १२ गोन्द्राङस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्च्मि तर्फ आउँदै गरेको WB 12AV 5566 भारतीय नं.को नेक्सन कम्पनीको कारलाई रोकी कारमा सवार चालक समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई गाडीमा खोजतलास गर्दा बहुमूल्य गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।

    images
    images

    प्रहरीले चेकजाँच गर्दा उक्त कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्स भित्र र Air Filter भित्र लुकाई छिपाई ल्याएको गरगहना बरादम गरेको हो । बहुमुल्य हिरा र सुनका गर गहना, बिभिन्न किसिमका पत्थर समेत फेला परेकोले उक्त गरगहना, पथ्थर, कार र मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको र उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय नागरिक पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।