Logo

२०८३, आश्विन ९गते


images
images

बाबुको स्मृतिमा विद्यालयको पुस्तकालय भवन निर्माण

बाबुको स्मृतिमा विद्यालयको पुस्तकालय भवन निर्माण

images
  • बाबुको स्मृतिमा विद्यालयको पुस्तकालय भवन निर्माण
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङको जयपृथ्बी नगरपालिका वडा नम्बर १० का अर्जुन बहादुर सिंहले बाबुको स्मृतिमा आफूले पढेको विद्यालयलाई  पुस्तकालय भवन निर्माण गरिदिएका छन्। आफुले विद्यालय तह पढेको सत्यवादी माध्यमिक विद्यालयमा आफ्ना बाबुको नाममा ज्ञान बहादुर सिंह स्मृति  पुस्तकालय भवन निर्माण गरि उनले विद्यालयलाई हस्तान्तरण गरेका हुन्। 

    images
    images
    images

    भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अर्जुनबहादुरले बाल्यकालमा आफुले अध्ययन गरेको विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गर्ने पाउँदा निकै खुसी लागेको बताए। विद्यालयको शैक्षिक विकासमा पुस्तकालयले राम्रो भुमिका खेल्ने विश्वास सहित आफुले पुस्तकालय भवन निर्माण गरेको उनको भनाई छ।
     
    कार्यक्रममा बोल्दै जयपृथ्बी नगरपालिका प्रमुख चेतराज बजाले जिल्लाको सबैभन्दा पुरानो जयपृथ्बी बहादुर सिंहले स्थापना गरेको विद्यालयमा अत्याधुनिक पुस्तकालय भवन निर्माण गरेकोमा अर्जुन बहादुरप्रति आभार व्यक्त गरे । 

    images
    images
    images

    कक्षा १ देखि १२ सम्म पढाइ हुदै आएको उक्त विद्यालयमा निर्मित पुस्तकालय हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक लगायत स्थानीयको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुस्तकालय भवन निर्माण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।