Logo

२०८३, कार्तिक २८गते


images
images

भरतपुरमा नर्सिङ पढ्दै आएकी भारतीय युवती मृत भेटिइन्, संगै बस्ने तीन जना पक्राउ

भरतपुरमा नर्सिङ पढ्दै आएकी भारतीय युवती मृत भेटिइन्, संगै बस्ने तीन जना पक्राउ

images
  • भरतपुरमा नर्सिङ पढ्दै आएकी भारतीय युवती मृत भेटिइन्, संगै बस्ने तीन जना पक्राउ
    images

    राजेश पराजुली, गण्डकी प्रदेश, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा   बसेर मैयाँदेवी कन्या कलेजमा नर्सिङ पढ्दै आएकी एक युवती मृत फेला परेकी छिन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।

    images
    images
    images

    उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    images
    images
    images


    तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ ।

    images
    images

    घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।‘उनीहरुको अवस्था र बसाइँ हेर्दा राम्रो नियत र उद्देश्य जस्तो देखिंदैन, कोठाको अवस्था र प्रकृतिले पनि उनीहरुका गतिविधि शंकास्पद जस्तो देखिन्छ,’ प्रहरी प्रवक्ता डीएसपी पण्डितले भने, ‘युवकले चक्कुले आफैलाई हान्न खोजेजस्तो पनि छ, रगत पनि बगेको देखिन्छ, तर मर्ने युवतीको भने कहि कतैं घाउचोट लागेको छैन ।’

    प्रहरीका अनुसार झुण्डिएर मर्छु भनेर धम्काउने र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने आशंका गरिएको छ ।
    मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकका परिवारलाई बोलाउने काम भएको प्रवक्ता पण्डितले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय युवती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।