Logo

२०८३, कार्तिक २८गते


images
images

महिला सांसदका आवाज सञ्चार माध्यमकाे प्राथमिकतामा परेन : सभामुख घिमिरे

महिला सांसदका आवाज सञ्चार माध्यमकाे प्राथमिकतामा परेन : सभामुख घिमिरे

images
  • महिला सांसदका आवाज सञ्चार माध्यमकाे प्राथमिकतामा परेन : सभामुख घिमिरे
    images


    काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसदमा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    images
    images
    images

    प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले सञ्चार माध्यमले विषयभन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर प्राथमिकतामा राख्ने गरेको बताए ।

    images
    images
    images

    ‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसदमा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ उनले भने, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा चाहिँ प्राथमिकताका साथ आउँछन् ।’

    images
    images

    सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन सके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गरे । उनले संघीय संसदले विगतमा महिला सांसदहरुका लागि सञ्चार सम्बन्ध विस्तारका लागि कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए ।

    सभामुख घिमिरेले संसद रिर्पोटिङमा पत्रकार महिलाहरुको उपस्थिति कम रहेको बताउँदै सञ्चारसँग सम्बन्धित संस्थाहरुले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको बताउँदै सरोकारवाला निकायलाई छलफल गर्न आग्रह गरे ।

    ‘सञ्चारसँग सम्बन्धित रोकिएका विधेयक अगाडि बढाउन र समयानूकूल बनाउनेतर्फ पनि तपाईंहरुले गृहकार्य र छलफल गर्न सक्नुहुन्छ,’ उनको भनाइ थियो ।

    कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल ऐनका कतिपय दफाहरु संशोधन आवश्यक रहेको भन्दै समयानुकूल बनाउन सभामुखको ध्यानाकर्षण गराए । उनले डिजिटल सञ्चार माध्यमलाई समेत समेट्ने गरी कानून संशोधनमा जोड दिए ।

    कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा. कुन्दन अर्याल, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारमा महिलाको उपस्थिति र महिला सवालका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।