विनोद खनाल, बुटवल । सहिद सप्ताह फागुन १४-२१ अन्तर्गत शनिवार नेकपा रुपन्देहीले जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ। शनिबार सैनामैना नगरपालिकाको दरखासीमा एक कार्यक्रमकाबिच पार्टीले सहिद-बेपत्ता परिवार सम्मान गरेको हो ।
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरुभएको जनयुद्धमा ०५२ साल फागुन १४ गते तात्कालीन राज्यद्वारा माओबादी कार्यकर्ता १२ बर्षिय दिलबहादुर रम्तेल मारिएका थिए भने तात्कालीन झापा बिद्रोहमा ०२८ साल फागुन २१ गते सुखानीको जंगलमा ४ जनालाई राज्यद्वारा हत्या गरिएको थियो। तिनै दिनहरुलाई सम्झेर पार्टिले फागुन १४ देखि २१ सम्म हरेक बर्ष सहिद सप्ताह बिबिध कार्यक्रम गर्दै आएको छ।
सप्ताह अन्तर्गत सहिद-बेपत्ता परिवार भेटघाट छलफल सम्मान लगाएतका कार्यक्रम पार्टीले गर्दै आएको छ। हजारौंको बलिदानी हजारौं बेपत्ता एवं घाईते योद्धाहरुको बलमा भएको जनयुद्धले यो मुलुकमा गणतन्त्र धर्मनिरपेक्षता समावेशिता संविधान सभाद्वारा नयाँ सम्बिधान लगायतका मुद्धाहरु स्थापित भए पनि सहिद-बेपत्ता परिवारका पीडाहरु भने उस्तै रहेको गुनासो परिवारजनको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा पिबिएम एवं पुर्वी लुम्बिनी व्युरो ईन्चार्ज प्रज्ज्वलन सीले जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका छन । "चाहे राणाका बिरुद्धका संघर्षमा भएका सहिद हुन चाहे झापा बिर्दोह र जनआन्दोलनमा भएका सहिद हुन अनि नेपाली जनयुद्ध र एकीकृत जनक्रान्तिमा भएका सहिद हुन ती सबैको मुलुकको परिवर्तन र रुपान्तरणका निम्ति संघर्षमा भएको साहदती भएकोले सबैलाई राष्ट्रीय सहिद घोषणा गरिनु पर्छ ।" नेता प्रज्जवलनले भने।
"जनयुद्धलाई अपराधिकरण गर्न खोज्नेहरुलाई सचेत गराउँदै नेता प्रज्जवलनले भने जनयुद्ध नभएको भए ती सबै जेलमा हुन्थे नत गणतन्त्र आउँथ्यो नत सिमित भए पनि यिनी अधिकार आउँथे।" उनले भने - "तपाईं हाम्रो यो पीडा एकातिर जनयुद्धलाई संस्थागत गर्न नसक्नुका कारण हो भने अर्को तिर जनयुद्धमा भएका संघर्षलाई बिषयान्तरण गर्ने प्रवृति अनि आन्दोलनमा भएको टुटफुट बिभाजनले पनि हो । यसको पछाडी नेतृत्वको मुख्य दोश रहेको छ। यसमा नेतृत्व चुकेको कुरा लाई समीक्षा गरेर अगाडी बढेमा फेरी नेपालको माओबादी कम्युनिस्ट आन्दोलन एक ठाउँमा आउने सम्भावना छ। साथै बैदेशिक हस्तक्षेप र जनजिबिका अनि आर्थिक संकटका मुद्धामा पनि एक ठाउँ हुन जरुरी छ। "
यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज शरद सी, सहिद बेपत्ता परिवार केन्द्रीय सचिव जया सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई लगायतले बोल्दै जनयुद्धाका मुद्धाहरुलाई संस्थागत गर्दै सहिदका सपनाहरु पूरा गरेर मात्रै सहिद परिवार प्रती सच्चा सम्मन हुने बिचार ब्यक्त गरेका थिए ।
सम्मान कार्यक्रममा तत्कालीन जनयुद्धमा रुपन्देहीबाट सहिद तथा बेपत्ता भएका करिब ७० जनाको परिवार मध्ये ४५ परिवार उपस्थित भएर सम्मान गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले बताए ।
कार्यक्रम जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षता जिल्ला सदस्य तेजेन्द्र सीको संचालन अनि जिल्ला सदस्य भक्त सीको स्वागतमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology