Logo

२०८३, कार्तिक २८गते


images
images

चेली सहकारीको अध्यक्षमा सावित्रा बस्याल सर्वसम्मत चयन

चेली सहकारीको अध्यक्षमा सावित्रा बस्याल सर्वसम्मत चयन

images
  • चेली सहकारीको अध्यक्षमा सावित्रा बस्याल सर्वसम्मत चयन
    images

    देवदह।  रुपन्देहीको देवदह -७ स्थित  चेली कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ। 

    images
    images
    images

    अधिबेशनले साबित्रा बस्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।  जसको उपध्यक्षमा सरस्वती अर्याल र अन्य ७ जना सदस्य रहेका छन्। 

    images
    images
    images

    संस्थाको विनियम अनुसार अध्यक्ष र उपाध्यक्ष निर्वाचन मार्फत र बाँकी कार्य समिति मनोनित गर्ने प्रावधान रहेको छ। received_686515163160854.jpeg

    images
    images

    कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले सहकारीको माध्यम बाट धेरै सदस्यलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताईन । सहकारीको माध्यमबाट बिभिन्न सीपमूलक तालिमहरु लिएर स्वोरोजगर बन्न सहयोग पुगेको उल्लेख गर्दै उपप्रमुख गुरुङले सहकारी संस्थाहरुले सदस्यहरु धेरै बनाउने तर्फ भन्दा पनि पारदर्शी र चुस्तदुरुस्त बनाउन सहकारी संस्थालाई आग्रह गरिन । 

    साधारणसभामा संस्थाका अध्यक्ष सावित्रा बस्यालले  अध्यक्षको वार्षिक प्रतिबेदन, हिमालय न्यौपानेले सचिवको प्रतिबेदन,कोषाध्यक्ष देवी अधिकारीले संस्थाको वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य निर्मला अधिकारी, आफन्त नेपाल रुपन्देहीका इन्चार्ज पदमा आचार्य, रोटरी क्लब अफ बुटवल डाउन ताउनका अध्यक्ष भरत राना लगायतले शुभकामना व्यक्त गरेका थिए। 

    सोहि कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परिक्षण शिविर राखिएको थियो। रोटरी क्लब अफ बुटवल डाउन टाउन र रोटरी क्लब अफ देवदहको आयोजना चेली कृषि सहकारीको सहकार्य, देवदह मेडिकल कलेज र श्री कृष्ण पोलिक्लिनिकको सहयोगमा राखिएको शिविरमा ५० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चेली कृषि सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।