Logo

२०८३, आश्विन ९गते


images
images

मोबाईलबाट अलग्गिएर हेर्दा

मोबाईलबाट अलग्गिएर हेर्दा

images
  • सेतोमसी सहकर्मी
  • मोबाईलबाट अलग्गिएर हेर्दा
    images
    images

    जसरी खोला र समय कहिले स्थिर रहदैनन् त्यसरी नै समयसङ्गैका परिस्थिति र परिवर्तनहरु पनि कहिले एकैनास रहने कुरा होइनन्। हिजो जो जे थिए र हामीले जे देख्यौं, भोग्यौँ त्यो आजका बच्चाहरूले भोग्नु पर्दैन र कति कुराहरु भोग्नुपर्ने आवश्यकता पनि छैन। हिजोको समयलाई आजको आधुनिकताले निकै फड्को मारिसकेको छ। यहि फड्कोले कतै मनग्य फाइदा तुल्याएको छ भने कतै साधारण जीवन पनि असाधारण बनिरहेको छ।

    images
    images
    images

    ब्यस्तताको परिणाम

    images
    images
    images

    आज हामी हाम्रो जीवनमा यति धेरै रुमलिएका छौ कि आफुले आफुलाई चिन्ने अवसरहरु पनि गुमाउँदै गइरहेका छौँ । भीषण प्राप्त गर्ने आशामा स-साना तर गहकिला विषयहरुको उपेक्षा गरिरहेका छौँ । आफ्नै वरिपरिका कहानीहरु पनि कतैपरबाट थाहा पाउनुपर्ने अवस्था सृजना भएको छ। व्यस्तताले भनौं कि नजरन्दाज, कहि कतै म पनि त्यो दलदलमा फसिरहेकि  रहेछु। हिजो केही बिर्सिनाले मैले आफुले बिर्सिरहेका कुराहरु नियाल्न सम्झिएँ। अझ भनौ झुक्किएँ।

    images
    images
    images

    अर्घाखाँचीबाट बुटवल फर्किदै थिएँ। यस्तै यात्राहरु कयौंपटक नगरेको पनि होईन तर अहिले जस्तो पट्यारलाग्दो कहिले पनि भएकै थिएन। बाटो उहीँ नै हो तर यति लामो भएझैं कहिले लागेको थिएन। शुभयात्रामा मेरो शुभ भने उतै छुटेछ। मैले आफ्नो मोबाइल नै ल्याउन बिर्सिएछु।

    धुलाम्मे सडक तर पनि सधैँ कानमा एयरफोनले बजाएका धुनले मस्त हुने म, कहिले त्यो धुलो बाटोको हेक्का राखेकी थिइन। तर यसपाली त्यही धुलोले नै निसास्सिएझैँ लाग्यो। झ्याल बन्द गर्दा श्वास फेर्न जटिल भएझैं लाग्यो भने झ्याल खोल्दा न आँखाले हेर्न मिल्यो न त स्वास फेर्न नै। कतिबेला बुटवल पुगुँ झैँ लाग्न थालेकाे थियो। सधै "प्रकृतिबिच रमाउने मान्छे हुँ म" भन्दै फुर्ती लगाउदै हिड्थेँ। केही राम्रो देख्यो कि आँखाले अनुभव गर्नु पुर्व नै मोबाईलमा तस्वीरहरु कैद गरिसक्थेँ। ती तस्वीरहरु अझै मोबाईलमा छन् कि स्पेस खाली गर्न भनेर डेलिट गरियो त्यो पनि थाहा छैन। सुन्दर ती दृश्यहरु मैले कहिले हेर्ने ? त्यो पनि पत्तो छैन। तर म प्रकृतिप्रेमी हुँ। मलाई प्रकृतिका हरेक दृश्यहरु औधी मनपर्छ। खै किन आज झ्यालबाट जे देखेँ मलाई त्यो धुलाम्मे प्रकृति मनपरेन। सायद म फोटोमा देखिने, इडिट गरेर चिटिक्क पारिएका दृश्यहरु रुचाउने प्रकृतिप्रेमी रहेछु ।

    मलाई भित्ताभरी सजाइने तस्बिर र सल्लाका स-साना भेडिहरु निकै मनपर्ने हुँदा मेरो कोठा पनि त्यसरी नै सजाइएको छ। म सधै बसिरहने कोठा पनि त्यही नै हो। सधै मधुरो बत्ती बालेर बस्न रुचाउने म, हिजोआज मेरो कोठाको उज्यालो बत्तिले पनि कोठा र मन दुबैलाई नै मधुर बनएझै लाग्थ्यो। सपना, रहर, चाहना र आत्मियताहरु गुन्जिने मेरो कोठामै निसास्सिने म, हिजो धेरै पछि श्वास फेरेझै लाग्यो। मलाई समेट्न खोज्दा खोज्दै पनि छुटेकाहरु सबैलाई एकाएक सम्झिए जस्तै लाग्यो।

    दिनरात दुबै छोटो लाग्ने मलाई रातीको १२ पनि कति छिटो बजेको हो भन्ने गर्थें तर हिजो १० बजाउन पनि धौ-धौ भएको थियो। निदाउँ मनभरी अनेक छट्पटीहरु गुन्जिरहे। ननिदाउँ भने गर्ने कुरा केही भएजस्तै लागेन। र्याकभरी पढ्न भनि राखिएका अझ सजाइएका पुस्तकहरु हेरेँ। रमाइलो लाग्यो तर ती पढ्न जाँगर भने फिटिक्कै चलेन।

    "ए! म त पुस्तक मन पराउने मान्छे पो हो त" बल्ल सम्झिएँ।

    कतै राम्रो पुस्तकको बारेमा सुनेँ र देखेँ भने किन्न मन लागिहाल्छ। किन्छु पनि तर कहिले पढ्ने हो ठेगान नै हुँदैन। गत वर्ष किनेका केही थान पुस्तकहरु र्याकको एउटा कुनामा मेरो निद्रा हेर्दै निदाइरहेछन्।

    आफ्नो बिहानीपखको निद्रा सम्झिएर होला म उनिहरुलाई बिउँझाउन पनि सक्दिन। हुन त आफू नै निदाइरहेको मान्छेले अरुलाई बिउझाउने जमर्को गर्छु भन्नू कत्तिको सान्दर्भिक कुरा हो?

    आज मानिसहरु कता बिजि छन? बच्चा रोयो फकाउने कुरा- मोबाइल, खाना खान मानेन कार्टुन लगाइदियो- मोबाईल, आमाबुबा कतै ब्य्स्त हुनुपर्यो बच्चालाई कसरी भुलाउने?- मोबाइल। बिहान उठेर आँखा पुरै खुलिसकेको हुँदैन तर पनि हेर्नुपर्ने- मोबाइल, बाहिर कतै गएर आयो भोक-प्यास भन्दा पहिले -मोबाइल, कतै गयो ठेगाना सोध्न भन्दा पहिले वाई-फाईको पासवर्ड राख्न- मोबाइल। हिजो बच्चाहरु बाटो, चौर, चौपारीतिर कुदिरहेका देखिन्थे। आजभोलि कसले देख्नु?
          
    ओल्लो घरको बच्चालाई त पल्लो घरको बच्चाले चिन्दैनन्।  बच्चाहरु क्रीकेट र फूट्बल पनि मोबाइलमा खेल्दैछन्। यो कति आधुनिकता अनि कति सजिलो उपाय।

    यो सहजताले कहाँ ठेस पुर्याइरहेको छ त? हामीले नजानेका कति धेरै कुराहरु ६ वर्षको बच्चाले जानिसकेको छ तर उसको दैनिकी बाँकी के कुरामा बितिरहेको छ त? उसले कस्तो कुराहरु सिकिरहेको छ ? मोबाइलका खेल बाहेक अरु के सिकिरहेको छ? दिमागको प्रयोग गरिरहेछ , सिकिरहेछ भन्नुहुन्छ होला तर यहि मात्रको सिकाइले उसलाई कहाँ डोहोर्याउदै छ? शारीरिक र मानसिक रुपमा यसले पुराएको क्षती के कति छ त? कहिले सोच्नुभएको छ?
                
    आज एउटा परिवार सङ्गै हुँदा पनि साथमा हुन सकिरहेका छैनन्। कारण - मोबाइल । सबै परिवार सङ्गै छन् तर उनिहरुको गफ् भन्दा बढि ध्यान मोबाइल तिर नै केन्द्रित हुन्छ। न कसैलाई केही खानुको हेक्का छ न केही बितिरहेको पत्तो हुन्छ। अहिलेको डाटा हेर्ने हो भनेपनि अधिकांश घरबार बिग्रिनुको कारण पनि मोबाइल नै बनेको देखिन्छ।

    मानिसले बनाएको यन्त्र हो मोबाइल तर आज कतै यन्त्रले मानिस चलाइरहेको त छैन?

    - लाईशा भुसाल (अक्षर), बुटवल 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोबाईल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।