Logo

२०८३, आश्विन ९गते


images
images

भिम सार्की चम्किदा नेपालले यूएईलाइ दियो २ सय ३० रनको लक्ष्य

भिम सार्की चम्किदा नेपालले यूएईलाइ दियो २ सय ३० रनको लक्ष्य

images
  • भिम सार्की चम्किदा नेपालले यूएईलाइ दियो २ सय ३० रनको लक्ष्य
    images
    images

    पोर्टमोरेस्वी (पिएनजी) । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले यूएईलाई  २ सय ३० रनको लक्ष्य दिएको छ । यूएईमा जारी त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको शुरुवात खराब रहेपनि भीम सार्कीको अर्धशतकमा २ सय २९ रन बनाएको हो ।

    images
    images
    images

    सुरुमा नेपालले ६८ रनमै पाँच विकेट गुमाएको थियो। ज्ञानेन्द्र मल्ल ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल एक र दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए।

    images
    images
    images

    त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे। लामिछानेले २७ रन बनाए । सार्कीले आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरेर नेपालको सम्मानजनक स्कोर बनाए । उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन बनाए।
    नेपालका लागि आरिफ शेखले ४३, करण केसीले १७ र प्रतिश जीसीले ११ रन बनाए। 

    images
    images
    images

    नेपालले २ सय २९ रन बनाउन सबै ओभर खेलेर आठ विकेट खर्चियो ।

    बलिङतर्फ यूएईका जुनैद सिद्दिकीले तीन, रोहन मुस्तफा र आर्यन लक्राले दुई–दुई तथा केपी मयप्पनले एक विकेट लिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।