Logo

२०८३, कार्तिक २८गते


images
images

प्रचण्ड विरुद्धको रिटले देशमा द्वन्द बढाउछ : माओवादी केन्द्र लुम्बिनी प्रदेश

प्रचण्ड विरुद्धको रिटले देशमा द्वन्द बढाउछ : माओवादी केन्द्र लुम्बिनी प्रदेश

images
  • प्रचण्ड विरुद्धको रिटले देशमा द्वन्द बढाउछ : माओवादी केन्द्र लुम्बिनी प्रदेश
    images

    बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्धमा दायर रिटले देशमा द्वन्द बढाउने जनाएको छ। प्रदेश पार्टी अध्यक्ष सुदर्शन बरालले सोमबार एक विज्ञप्ति जारी गर्दै  मुलुकलाई पुनः द्धन्दमा फसाएर आफ्नो अपराधीक स्वार्थको खेती गर्न चाहने तत्वहरुले षड्यन्त्र गरेको बताएका छन्। 

    images
    images
    images

    मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ वुंदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिहरुप्रति सचेत रहन र आवश्यकता औल्याउदै अध्यक्ष बरालले त्यसको प्रतिवाद गर्न अपिल गरेका छन्। 
      
    अध्यक्ष सुदर्शन वरालले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, "मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धीको जग १० वर्षे महान जनयुद्ध र २०६२/६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ । तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलका विचमा वृहत शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त  प्रकृयामा प्रवेश गरेको र विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको कुरा पनि स्पष्ट नै छ । द्धन्दकालीन अवस्थामा भएका घटनाहरुको छानविन र निरुपणको लागि नेपालको संविधान बमोजिम सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग गठन भई काम कारवाही अगाडि बढेको कुरा पनि सार्वजनिक नै छ । यसका बावजुद, हालैको सर्वोच्चको उत्तफ् आदेशले, हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक  प्रसंगमा दिईएको राजनीतिक अभिव्यत्तिफ्लाई आधार बनाउदै गलत उदेश्यका साथ सम्मानीत सर्वोच्च अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ ।"

    images
    images
    images

    मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई नष्ट गर्न, यसको शुरुवात देखिनै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागि परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।