Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाली महिलाहरूको नेतृत्व अनुकरणीय: सभामुख घर्तिमगर

नेपाली महिलाहरूको नेतृत्व अनुकरणीय: सभामुख घर्तिमगर

images
  • नेपाली महिलाहरूको नेतृत्व अनुकरणीय: सभामुख घर्तिमगर
    images

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले नेपाली महिलाहरूको नेतृत्व अनुकरणीय भएको बताएका छन्। ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा  बुधवार एक  शुभकामना सन्देश जारी गर्दै सभामुख तुलाराम घर्ती मगरले नेपाली महिलाहरूको नेतृत्व क्षमताको प्रशंसा गरेका हुन्।  

    images
    images
    images

    महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै सभामुख घर्तीमगरले नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भएपनि महिला मैत्रीनीति र व्यवहार अंगिकार गरि लैङ्गिक समानताको बलियो आधार बनाउनु पर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    "महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्यको स्मरणले यस क्षणमा मुक्ति र स्वतन्त्रताको विषयले अझै गम्भिर तुल्याएको छ । राजनीतिक क्रान्तिका लागि गरेको त्याग तपस्या र वलिदानीको गौरवगाथा नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा न्यायप्रेमी महिला दिदी बहिनीहरुले नेपालको राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको म उच्च सम्मान व्यक्त गर्दछु ।’ सभामुखको शुभकामना सन्देशमा उल्लेख छ। 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।