Logo

२०८३, कार्तिक २८गते


images
images

बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका चितवन संयोजक पक्राउ

बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका चितवन संयोजक पक्राउ

images
  • बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका चितवन संयोजक पक्राउ
    images

    चितवन । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    चितवन प्रहरीले संयोजक शम्भु थापालाई मंगलबार नियन्त्रणमा लिएको हो । चितवन प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानमा थापा संलग्न रहेको पाइएकाले नियन्त्रणमा लिइएको जानकारी दिए ।

    images
    images
    images

    ‘अहिले १ जनालाई मात्र नियन्त्रणमा लिएर सोधुपछ गरिरहेका छौं,’ उनले क्लिकमान्डुसँग भने, ‘अनुसन्धान भइरहेको छ, पत्रकार सम्मेलन गरी सबै सार्वजनिक गर्छौं ।’

    images
    images

    फागुन १ गते झापाको काँकडभिट्टामा कार्यक्रम आयोजना गरी व्यवसायी दुर्गा प्रसाईंले खुलेआम लघुवित्त र बैंकका कर्मचारीमाथि जाइलाग्ने बताएका थिए । उनले त्यसका लागि झापामा २ सय जना युवाको दस्ता नै तयार पारेका छन् ।

    त्यसलगतै प्रसाईंको जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर पैसासमेत लुटिएको घटना बाहिरिएको थियो । जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।