Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह नगरपालिकामा ११३औँ महिला दिवस, ३८ विद्यालयका कार्यालय सहयोगी सम्मानित

देवदह नगरपालिकामा ११३औँ महिला दिवस, ३८ विद्यालयका कार्यालय सहयोगी सम्मानित

images
  • देवदह नगरपालिकामा ११३औँ महिला दिवस, ३८ विद्यालयका कार्यालय सहयोगी सम्मानित
    images

    देवदह ।  देवदह नगरपालिकाले ११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।  बुधबार नगरपालिका प्रांगणमा एक कार्यक्रम आयोजना गरि उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत श्रमिक महिला दिवस मनाईएको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेलले महिला र पुरुषको बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताए।  नारीहरू गर्भमा रहेदेखि बृद्ध अवस्थामा पुग्दासम्म पनि महिला भएकै कारण अपहेलित हुनुपर्ने अवस्था समाजमा विद्यमान रहेको उल्लेख गर्दै प्रमुख खरेलले २१औं शताब्दीको युगसम्म आईपुदा समेत सामाजिक संरचनामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै दुख व्यक्त गरे। 

    images
    images
    images

    देवदह नगरपालिकाले महिलाको आर्थिक एवं सामाजिकस्तर उकास्न आवश्यक कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गरिरहेको बताउदै प्रमुख खरेलले सबै मिलेर लैंगिक समानताको लागि काम गर्नुपर्ने धारणा राखे। 

    images
    images

    कार्यक्रमको औचित्यबारे बोल्दै नगर उपप्रमुख तथा उप-प्रमुखसंग महिला कार्यक्रमकी संयोजक विद्यालक्ष्मी गुरुङले लैंगिक समानताकाको लडाई लामो रहेको उल्लेख गरिन।  राजनीतिक परिवर्तन भएपनि अपेक्षित रुपमा समाजिक रुपान्तरण नभएकोले अहिलेपनि महिला हिँसा र विभेदका घटना समाजमा व्याप्त रहेको उप-प्रमुख गुरुङको भनाई छ। 

    कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, विभिन्न दल निकट महिला संगठनका नगर प्रमुख/प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रमुखहरूले आफ्नो भनाई रहेका थिए। 

    सो अवसरमा देवदहमा रहेका ३८ वटै विद्यालयका कार्यालय सहयोगी र केहि सामाजिक संघसंस्थालाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमको र्यालीमा उत्कृष्ट हुने ४ वटा समूहलाई नगद सहिद पुरस्कृत गरिएको थियो। 

    कार्यक्रममा लायन्स क्लब अफ देवदहले आयोजना गरेको निशुल्क मधुमेह परिक्षण शिविरमा ४८१ जनाले सेवा लिएका थिए।


      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।