Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपाले राष्ट्रपतिका दुबै उम्मेदवार निष्पक्ष हुने देखेन, मतदान नगर्ने निर्णय

राप्रपाले राष्ट्रपतिका दुबै उम्मेदवार निष्पक्ष हुने देखेन, मतदान नगर्ने निर्णय

images
  • राप्रपाले राष्ट्रपतिका दुबै उम्मेदवार निष्पक्ष हुने देखेन, मतदान नगर्ने निर्णय
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेको बताएका छन् ।

    images
    images
    images

    बुधबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको तर अहिलेका दुबै उम्मेदवार सक्रिय राजनीतिबाट आएको हुनाले निष्पक्षताको आशा गर्न नसकिने बताए ।

    images
    images
    images

    ‘दुबै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको र गत निर्वाचनमा एउटा एउटा पार्टीबाट प्रतिनिधिसिभामा निर्वाचित भएको हुनाले अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सकेनौं’ लिङ्देनले निर्वाचनमा तटस्थ बस्नुको कारणबारे भने ।

    images
    images
    images

    यसअघिका दुबै राष्ट्रपति दल निरपेक्ष रहन नसकेको भन्ने विवाद उठेको भन्दै लिङ्देनले अहिलेका दुबै उम्मेदवारमा पनि त्यो सम्भावना रहेको बताए । ‘अहिलेको उम्मेदवारबाट त्यही कुराले निरन्तरता प्राप्त गर्ने र फेरि पनि यो संस्था निष्पक्ष हुन सक्ने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेका हौं’ लिङ्देनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।