बुटवल । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रुपन्देही जिल्लामा रहेर महिलाहरुले मात्र संचालन गरेका सस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । "लैङ्गिक समानतका लागि बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार" भन्ने राष्ट्रिय नाराका साथ मनाइएको दिवसको अवसरमा यस क्षेत्रमा क्रियाशील महिला सहकारी, रोटरी क्लब, लायन्स क्लब, संचार गृह लगायत २२ वटा सामाजिक संस्थाहरु सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समान अवसर र समान अस्तित्वका लागि महिलालाई उत्पादनमूलक र क्षमता विकासका काममा केन्द्रित हुनुपर्ने बताईन । महिलाले सामाजिक भावनाले रक्तदान गर्नू आफैमा सकरात्मक भएको उनको भनाई थियो।
स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदानमा महिला सहभागीता बढ्नु सकरात्मक भएको बताउदै रक्तदान जस्तो कार्यमा सहभागी भइ सकारात्मक सन्देश दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।
तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला कुवरको स्वागत, लायन्स क्लब अफ बाटीकाका अध्यक्ष साधना भण्डारीको संचालन तथा रक्तसञ्चार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ११३ युनिट रगत संकलन भएको कार्यक्रम संयोगजक जानकी नेपाल ले जानकारी दिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology