काठमाडौं । गोल्ड मेडलिस्ट म्याराथन धावक नारायण श्रेष्ठ विश्वब्यापी माहमारीका रूपमा फैलिएको कोभिड १९ को बिचमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको बिशेष चासोको रुपमा रहेका छन् । धावक श्रेष्ठ मध्यपूर्वमा यतिखेर चर्चामा छन् ।
बाल्यकालदेखि नै दौडमा रुची भएका धावक नारायण श्रेष्ठ रोजगारीको शिलशिलामा प्रवाशमा काम गरेर बचेको समयमा बिदेशी प्रशिक्षकहरुसँग प्रशिक्षण लिएर उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । बिदेशी प्रशिक्षकहरुसँग करिब १४ महिना लामो प्रशिक्षण लिएका छन् । उनको म्याराथन प्रतिको रुची र लगाब देखेर बिदेशी प्रशिक्षकहरु समेत मन्त्रमुग्ध हुन्छन् । श्रेष्ठ कुवेत आएको २ बर्ष नबित्दै दर्जनौ प्रतियोगितामा सहभागिता जनाएर अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । श्रेष्ठले म्याराथन प्रतियोगितामा नयाँ रेकर्ड राख्दै नेपाल र नेपालीलाई चिनाउन सफल भएका छन् ।
उनि भन्छन्, "नैतिकता, इमानदारीता, लगनशीलता तथा कडा मेहेनतका साथमा खेल सम्बन्धी ज्ञान भएपछि सफलता निश्चित हुन्छ। च्याम्पियनहरु तबसम्म खेलिरहन्छ्न जबसम्म सफल हुन सकिन्न। हाम्रो सबैभन्दा ठुलो कम्मजोरी हो हार मान्ने, म पटक पटक असफल भइरहे, त्यसैले त अन्त्यमा सफल हुन सकें ।" श्रेष्ठले लकडाउनको समयमा पनि आफ्नो पुरानो वर्कआउटमा कुनै पनि कमि हुन दिएनन् । स्वास्थ प्रती बढी संबेदनशील भएर शरीर फिट राखेकाले गेममा पनि आफुलाइ त्यति ठुलो असर नपुग्ने बताउछन् ।
२०१८/२०१९ मा कृतीमानी रेकर्ड बनाउदै आफूले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा छोटो समयमा सफलता पाएको सम्झदै अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको चर्चाले थप मनोबल बढेको बताउछन् । श्रेष्ठले गत बर्ष नेपालका विभिन्न क्लबमा सहभागी भएर राष्ट्रिय खेलाडीको रूपमा परिचय बनाएका थिए । श्रेष्ठ गत बर्ष नै खेलकुद मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मानित भएका थिए । मध्यपुर्व र युरोपियन देशहरु बिच हुने खेलहरु लकडाउनका कारण स्थगित भएका छन् । उनको आगामी बर्ष सन २०२१ अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी हुने प्रबल सम्भावना छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology