Logo

२०८३, कार्तिक २८गते


images
images

स्ववियु निर्वाचन-२०७९

स्ववियु निर्वाचन: सत्ता गठबन्धन विपरीत गुल्मीमा बन्यो विद्यार्थीको वामपन्थी प्यानल

स्ववियु निर्वाचन: सत्ता गठबन्धन विपरीत गुल्मीमा बन्यो विद्यार्थीको वामपन्थी प्यानल

images
  • स्ववियु निर्वाचन: सत्ता गठबन्धन विपरीत गुल्मीमा बन्यो विद्यार्थीको वामपन्थी प्यानल
    images

    गुल्मी । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि गुल्मीमा वामपन्थी विद्यार्थीहरूले गठबन्धन गरेका छन् । सत्ता गठबन्धन विपरीत नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थीहरूले वामपन्थी गठबन्धन गरेको हो ।

    गठबन्धन गर्दै विद्यार्थी संगठनहरूले ६ बुँदे सहमति सहितको संयुक्त विज्ञप्ति जारी गरेका छन्।  जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अरू बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरूको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने सहमति भएको छ ।’

    images
    images
    images

    एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ति, अनेरास्वविष्युका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु  क्रान्तिकारी अध्यक्ष राजन पोखरेल र अखिल क्रान्तिकारी संयोजक राज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाका सबै क्याम्पसहरूमा संयुक्त वामपन्थी प्यानल बनाई निर्वाचनमा जाने निर्णय भएको उल्लेख छ ।

    images
    images
    images

    जिल्लाको ११ वटा क्याम्पस मध्ये अनेरास्ववियुले सदरमुकामको रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टिकाराम क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस, दिगाम क्याम्पस सहित ६ वटामा नेतृत्व लिने निर्णय भएको छ । त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रुरु क्याम्पस सहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएको अनेरास्ववियुकाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

    images
    images

    त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरीत संगठनले स्वतः सचिव पद पाउने निर्णय भएको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष राजन पोखरेले बताए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्ववियु निर्वाचन-२०७९
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।