Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य मापदण्डभित्र रहि भर्ना र पाठ्यपुस्तक वितरण प्रक्रिया थाल्न नगरपालिकाको निर्देशन

स्वास्थ्य मापदण्डभित्र रहि भर्ना र पाठ्यपुस्तक वितरण प्रक्रिया थाल्न नगरपालिकाको निर्देशन

images
  • स्वास्थ्य मापदण्डभित्र रहि भर्ना र पाठ्यपुस्तक वितरण प्रक्रिया थाल्न नगरपालिकाको निर्देशन
    images
    images

    देवदह । देवदह नगरपालिकाले  विद्यार्थी भर्ना र पाठ्यपुस्तकबारे नगरभित्रका सम्पुर्ण विद्यालयलाई निर्देशन जारी गरेको छ । असार १ गतेबाट विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र शिक्षण सिकाईको प्रक्रिया सुरु गर्नेबारे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सम्पुर्ण विद्यालयहरुलाई निर्देशन जारी गरेको हो ।

    images
    images
    images


    शिक्षा अधिकृत टिकाराम शर्माद्वारा जारी सूचनामा सबै विद्यालयहरुले कोविड १९ विरुद्ध तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै टेलिफोन, इमेल वा अनलाइन आदि जस्ता सञ्चार माध्यमद्धारा बालबालिका वा उनीहरुका अभिभावकसँग सम्पर्क गरी नयाँ वा माथिल्लो कक्षामा भर्ना गरी सुनिश्चितता प्रदान गर्न भनिएको छ । त्यसैगरी, अर्को विद्यालयमा जान चाहनेको लागि नियमानुसार स्थानान्तरण प्रमाणपत्र दिने र अर्को विद्यालयबाट आउने विद्यार्थीहरुको स्थानान्तरण प्रमाण पत्र लिई भर्ना गर्ने व्यवस्था मिलाउन पनि सूचनामा अनुरोध गरिएको छ ।

    images
    images
    images

    सामुदायिक विद्यालयहरुले पाठ्यपुस्तकको व्यवस्था मिलाई भर्ना भएका विद्यार्थीसँग सम्पर्क गरी अभिभावकलाई विद्यालयमा आलोपालो बोलाई भिडभाड नहुने गरी पाठ्यपुस्तकको व्यवस्था गर्न र संस्थागत विद्यालयहरुले विद्यालयको वेभसाइटमा र विद्यालयको सूचना पाटीमा पाठ्यपुस्तकको विस्तृत विवरण गर्न अनुरोध गरिएको छ ।

    images
    images
    images

    साथै, सबै विद्यालय र शिक्षकहरुले वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई सहजीकरणका लागि विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ अनुसार आवश्यक तयारी गर्न समेत सूचनामा जनाईएको छ ।FB_IMG_16237456548257416.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।