Logo

२०८३, आश्विन १०गते


images
images

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खुल्यो

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खुल्यो

images
  • सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खुल्यो
    images
    images

    काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले २६ फागुन शुक्रबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो।

    images
    images
    images

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरीसकेको छ । ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याएको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो।

    images
    images
    images

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा २० फागुनमा हुनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद १० चैतसम्म थप हुनेछ । कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको बुझिन्छ ।

    कम्पनीले ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निमार्ण गरीरहेको छ । कम्पनीको कुल अनुमानित लागत लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रति मेगावाट अनुमानित लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।