काठमाडौँ । नेपाल प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचिकन एआइजी बढुवा सिफारिस भएको छ। यसअघि पहुँचका आधारमा बढुवा सिफारिस हुने गरेको भन्ने गुनासोलाई ध्यान दिँदै प्रधानमन्त्री प्रचण्डले बरियता मिचेर बढुवा नगर्न निर्देशन दिएका थिए ।
यो निर्णयसँगै नेपाल प्रहरीको वृत्तिविकास सिष्टममा जाने र प्रहरी कर्मचारीको मनोबल बढ्ने विश्वास लिइएको छ।
नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology