Logo

२०८३, आश्विन १०गते


images
images

'जीवनीमा चलचित्र निर्माण' बारे रुपन्देहीमा तीनदिने कार्यशाला गोष्ठि

'जीवनीमा चलचित्र निर्माण' बारे रुपन्देहीमा तीनदिने कार्यशाला गोष्ठि

images
  • 'जीवनीमा चलचित्र निर्माण' बारे रुपन्देहीमा तीनदिने कार्यशाला गोष्ठि
    images
    images

    तिलोत्तमा ।  ‘जीवनीमा चलचित्र निर्माण र अन्तर्राष्ट्रिय बजार’ बिषयमा रुपन्देहीमा तीन दिने कार्यशाला गोष्ठि हुनेभएको छ । बौद्ध दर्शन र जीवनीका आधारमा चलचित्रको निर्माण गर्दै बिश्वब्यापी रुपमा बजारिकरण गर्ने बिषयमा आगामी चैतको १७ देखि १९ सम्म कार्यशाला हुन लागेको हो । 

    images
    images
    images

    चन्द्रसूर्य सिनेमाद्वारा आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा हुन गईरहेको सो कार्यशाला गोष्ठीका बारेमा जानकारी गराउदै सो विषयकै सेरोफेरोमा अन्तरक्रिया तथा पत्रकार भेटघाट भैरहवामा सम्पन्न भएको छ। यही चैत्र १७,१८ र १९ मा लुम्बिनीमा हुन गईरहेको सो कार्यशाला गोष्ठीका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्ने बक्ताहरुले चलचित्र क्षेत्रको निर्माण र बिस्तारसंगै बजार व्यवस्थापनमा निकै कठिनाई रहेको बताएका छन्। लगानी सुरक्षित गर्न नेपालमा जिबन्त फिल्म बन्नुपर्ने भन्दै गौतमबुद्धको जीवनीमा समेत फिल्म बने र यसका बारेमा हरेक कुराको प्रचार गर्न सके पर्यटनसंगै चलचित्र उद्योगको समेत बिकास हुने सो कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए। 

    images
    images
    images

    आगामी चैत्रमा हुने सो कार्यक्रममा नेपाली सिने जगतका वरिष्ठ कलाकार, सरोकारवाला, पत्रकार तथा पर्यटन लगायतको उपस्थिति रहने आयोजक मध्यका बिमल पौडेलले बताए। रुपन्देही, नवलपरासी तथा कपिलवस्तुको सम्पूर्ण पालिका, नगरपालिकाहरुको सहभागिता तथा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार, लुम्बिनी विकास कोष, उद्योग वाणिज्य संघ, चलचित्र पत्रकार संघ तथा लुम्बिनी पत्रकार महासंघको सहकार्यमा यो कार्यशाला गोष्ठी लुम्बिनी सांस्कृतिक नगरपालिकाको अभिभावकत्व रहने चलचित्र क्षेत्रका किसान पोख्रेलले बताए। रुपन्देहीका पालिका प्रमुख , होटल ब्यबसायी, पर्यटन ब्यबसायी, यातायात व्यवसायी, लुम्बिनी बिकास कोष, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा बिकास गौतमले संचालन गरेका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।