Logo

२०८३, आश्विन १०गते


images
images

नयाँ प्रविधिबाट बीउ राख्ने घर निर्माण भएपछि आलु उत्पादनमा बृद्धि

नयाँ प्रविधिबाट बीउ राख्ने घर निर्माण भएपछि आलु उत्पादनमा बृद्धि

images
  • नयाँ प्रविधिबाट बीउ राख्ने घर निर्माण भएपछि आलु उत्पादनमा बृद्धि
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । जिल्लाको सुर्मा गाउँपालिका वडा न १ घर भएका रंगे बोहराको गतबर्ष आलुको बीउ राख्ने उपयुक्त ठाउँ नहुदा बीउ आलु कुहिएर नष्ट भए। उनको जस्तै जिल्लाका अन्य आलु खेति व्यवसायी किसानहरुसंग आलुको बीउ राख्ने उपयुक्त भण्डारण नहुँदा आलु बिर्गियो र केही बचेका आलुमात्रै बिउको लागि उपयुक्त भए ।

    images
    images
    images

    अहिले जिल्लामा आलुको बीउ राख्ने आधुनिक प्रबिधि 'रस्टिक ईस्टोर' आलु बीउ भण्डारण घर बनाउन थाले पछि सुर्माका रंगे बोहरा जस्तै अन्य किसानलाई पनि निकै सहज भएको छ। सुर्मा गाउँपालिकामा दुई वटा आलु बीउ भण्डारण घर बनाएपछि किसानहरुले बिउको लागि छनोट गरेका आलुहरु भण्डारण घरमा रा्ख्ने गरेका छन।

    images
    images
    images

    "पहिला हामी बीउ राख्दा डोको, बोरा, मोटोको खाल्डो, काठको बाकसभित्र राख्ने गरेका थियौं"  कृषक रंगे बोहराले भने, "अहिले प्रधानमन्त्री आधुनिकरण परियोजनाबाट आधुनिक प्रबिधिको रस्टिक ईस्टोर बनाएपछि बीउ आलु राख्न सहज मात्रै नभएर उत्पादनमा पनि बृदि भएको छ ।"

    images
    images
    images

    सुर्मा गाउँपालिका बनेका दुईवटा आलु बीउ भण्डारण केन्द्रको क्षमता ८०० केजी रहेका छन। सुर्मा जस्तै बढि आलु उत्पादन हुने स्थान जयपृथ्बी नगरपालिकाको पुगर, तलकोट गाउँपालिकाको किन्दन छबिसपाथिभेरा गाउँपालिकाको थलारा, बित्थडचिर गाउँपालिकाको बित्थड पाटनमा आलु बीउ भण्डारण घर निर्माण भएका छन। 

    नेपाल सरकाले बझाङ जिल्लालाई  आलु 'पकेट जोन' घोषण गरि पकेट ब्लक क्षेत्र निर्धारण गरेको छ।  अहिले  बझाङमा प्रधानमन्त्री कृषि आधुनिकरण साथै कृषि ज्ञानकेन्द र अन्य संघ सस्थाहरुले पनि आलु खेतिलाई जोड दिदै आएका छन। प्रधानमन्त्री आधुनिकरणका निबित्त कार्यालय प्रमुख हर्कदेव जोशिले भने, "आलुको उत्पादन बढाउन र नयाँ प्रबिधिको जानकारी दिन परियोजनाबाट बिभिन्न कामहरु भईरहेका बताएका छन। आलु उत्पादन हुने गाउँ बस्तिमा कृषानहरुलाई तालिम उन्नत बीउ स्थानीय बिउको स्थानीयकरण बीउ भण्डारण घर संकलन केन्द्र साथै आलु बजारिकरणको पनि ब्यबस्थापन गरिएको छ। "

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आलु उत्पादनमा बृद्धि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।