Logo

२०८३, कार्तिक २८गते


images
images

झ्वाँलेपाखाे सामुदायिक वन रुरुक्षेत्र १ काे अध्यक्षमा घनस्याम चयन

झ्वाँलेपाखाे सामुदायिक वन रुरुक्षेत्र १ काे अध्यक्षमा घनस्याम चयन

images
  • झ्वाँलेपाखाे सामुदायिक वन रुरुक्षेत्र १ काे अध्यक्षमा घनस्याम चयन
    images

    गुल्मी । झ्वाँलेपाखाे सामुदायिक वन उपभोक्ता समिति रुरुक्षेत्र वडा न १ काे  अध्यक्षमा घनस्याम ज्ञवाली चयन भएका छन ।

    images
    images
    images

    शनिवार स्थानीय झ्वाँलेमा भएकाे उपभोक्ता हरुकाे भेलाले रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडासदस्य समेत रहेका ज्ञवालीलाई सर्वसम्मत अध्यक्ष चयन गरेकाे हाे ।उपभोक्ता समितिकाे उपाध्यक्ष ,सचिव ,काेषाध्यक्ष ,सह   सचिवमा क्रमशः काेपिला न्यौपाने ,बसन्त क्षेत्री ,अनिता ज्ञवाली र कृष्ण अन्जान ज्ञवाली चयन भएका छन ।

    images
    images
    images

    उपभोक्त समितिकाे सदस्यमा बिष्णु विक ,लाल बहादुर कुँवर ,बसन्त घिमिरे ,यमुना ज्ञवाली र चुन बहादुर क्षेत्री रहेका छन ।उपभोक्ताहरुकाे भेलाले चेत बहादुर क्षेत्रीकाे सँयाेजकत्वमा राम प्रसाद ज्ञवाली ,युवराज ज्ञवाली ,उमानाथ पाण्डे र सीता देवि ज्ञवाली सदस्य रहेकाे सल्लाहकार समिति समेत चयन गरेकाे छ ।

    images
    images

    यसअघि झ्वाँले पाखाे सामुदायिक बन उपभोक्ता समितिकाे अधिवेशनमा आफ्नो धारणा राख्दै पत्रकार कृष्ण अन्जान ज्ञवालीले सामुदायिक वन वास्तवमा समुदायको धन भएकाे र वातावरणिय सन्तुलन र आय आर्जनको हिसाबले पनि नेपालमा सामुदायिक वनकाे भुमिका ज्यादै महत्त्वपूर्ण रहेकाे बताए । कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले वनकाे सँरक्षण सम्वर्धन र व्यवस्थापनमा वन उपभोक्ता समितिकाे विशेष पहल हुनुपर्ने बताउँदै समुदाय पनि आफ्नो वन सँरक्षण गर्न सजग हुनुपर्ने तर्क राखे । उमानाथ पाण्डेकाे अध्यक्षतामा भएकाे अधिवेशन उदघाटन सत्रमा सहसचिव दामोदर ज्ञवालीले आर्थिक प्रतिवेदन सँगै अघिल्लाे कार्यसमितिले गरेका काम हरुबारे प्रस्ट्याएका थिए । अधिवेसनमा झ्वाँले पाखाे सामुदायिक वनका पुर्व अध्यक्ष चेत बहादुर क्षेत्री ,रुरुक्षेत्र वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले आफ्ना बिचार राखेकाे थिए ।        

    तानसेन रिडी तम्घास माेटरबाटाेकाे रातामाटा देखि माथि रहेको झ्वाँले पाखाे सामुदायिक वन ३२ हेक्टर क्षेत्रफलमा फैलिएकाे घना वनक्षेत्र हाे । मुख्यतः याे सामुदायिक वनमा साल ,सल्लाे ,अमला ,हर्राे ,बाँस ,  लिवँस जातका रुखहरु रहेका छन भने बाघ ,चितुवा ,स्याल ,माउखाने ,बाँदर ,ढेँडुवा ,कालिज ,तित्रा लगाएत अनेकौँ प्रजातिका पशुपन्छि हरु पाईन्छन । विगतमा धेरै अमला पाईने र झ्वाम्म अमले भन्दा भन्दै अपभ्रँस भएर याे जँगललाई झ्वाम्म अमले भनिएकाे हाे ।

    यही जँगलकाे उपल्लो क्षेत्र झ्वाँलेमा रुरुक्षेत्र १ काे पहलमा पिकनिक स्पाेट बनाउने तयारी समेत शुरु भएकाे छ ।यहि बनकाे तल्लो भागमा तानसेन रिडी तम्घास माेटरबाटाे ,रातामाटा बुढाआँप कफि अनुसन्धान केन्द्र जाने माेटरबाटाे ,र बिचबाट सालबिसाउना झ्वाँले सेलपाेखरी पानीटँकि माेटरबाटाे गएकाेले सडक सन्जालले पनि याे सामुदायिक वन चारैतिरबाट घेरिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।