Logo

२०८३, आश्विन ९गते


images
images

पपुवा न्युगिनीमाथि नेपालको शानदार जित, आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटनजिक

पपुवा न्युगिनीमाथि नेपालको शानदार जित, आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटनजिक

images
  • पपुवा न्युगिनीमाथि नेपालको शानदार जित, आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटनजिक
    images
    images

    काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटको शानदार जित निकालेको छ । 

    images
    images
    images

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले फितलो ब्याटिङ गर्दै नेपाललाई ९६ रनको झिनो चुनौती प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले आक्रामक ब्याटिङ गर्दै ७.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

    images
    images
    images

    नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले नटआउट १२ रन जोडे, त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए।

    images
    images
    images

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो ।  पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।

    यो संगै पीएनजीविरुद्ध ९ विकेटको जीत दर्ता गर्दै नेपाल आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटनजिक पुगेको छ । अब अन्तिम खेलमा बिहीवार यूएईलाई पराजित गर्न सके नेपालले आगामी जुलाइमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।