Logo

२०८३, कार्तिक २८गते


images
images

स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी

स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी

images
  • स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी
    images

    काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन् । उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए । मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताए । उनले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताए ।
    उनले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताए । उनले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । 

    images
    images
    images

    उनले भने, ‘जलवायु परिवर्तनले आक्रान्त भइरहेको विश्वमा स्वच्छ उर्जाको महत्व छ । नेपाल जलस्रोतको धनी देश भएर पनि अझै उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनौं । स्वच्छ उर्जाले खनिज जन्य उर्जालाई प्रतिस्थापन गर्र्दै जानुपर्छ भन्ने कुरा अगाडि बढेको छ । नेपालको समृद्धि स्वच्छ उर्जा जलस्रोतको विकासबाट सम्भव छ । हाम्रो अगाडि चुनौति रहेको छ । पानीबाट विद्युत उत्पादन गरी पानीलाई धनमा परिणत गर्नुछ । पानीबाट प्राप्त भएको धन मुलुकको मुहार फेर्ने ,समृद्धि ल्याउने माध्यम बन्नुपर्छ । उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय हो । त्यसमा समन्वय कसरी गर्ने भन्ने विषय खोज्नुपर्छ ।’ 

    images
    images

    त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए । उनले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव बैरागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।