Logo

२०८३, कार्तिक २८गते


images
images

धुर्कोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका पोखरेल सर्बसम्मत चयन

धुर्कोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका पोखरेल सर्बसम्मत चयन

images
  • सेतोमसी सहकर्मी
  • धुर्कोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका पोखरेल सर्बसम्मत चयन
    images

    कृष्ण पोखरेल, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर पाँच बस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा माओबादी निकट अखिल क्रान्तिकारीका इन्द्र पोखरेल अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका छन । स्वबियु निर्बाचनबाट एकताको सन्देश दिने उदेश्यले सम्पुर्ण विद्यार्थी संगठनको समझधारिमा क्रान्तिकारिका पोखरेललाई स्वबियु अध्यक्षमा निर्बाचित गरिएको निर्बाचन अधिकृत  जितेन्द्र भण्डारिले जानकारी दिए ।

    images
    images
    images

    त्यसैगरी स्वबियु उपाध्यक्षमा काङ्ग्रेस निकट नेबिसंघका रमेश पोख्रेल, सचिबमा एमाले निकट अनेरास्ववियुका बिष्णु प्रसाद घिमिरे, सहसचिबमा राधिका कुवंर र कोषाध्यक्षमा एकीकृत समाजबादी निकट अनेरास्वबियूका मनिषा नेपाली सर्बसम्मत रुपमा निर्बाचित भएका हुन । त्यस्तै प्रत्यक्ष तर्फ सदस्यहरुमा एमाले निकट अनेरास्वबियुका प्रजिना खत्री, मन्जु भण्डारी, मनिषा पोखरेल, नेबिसंघका बिष्णु थापा र मिना भण्डारी निर्बाचित भएका छन । समानुपातिक तर्फको सदस्यहरुमा अनेरास्ववियुका राजु केसी, सरस्वता बिक, क्रान्तिकारिका रिता रिजाल र नेबिसंघका अञ्जली बिक, जानका नेपाली सर्बसम्मत निर्बाचित भएका हुन ।

    images
    images
    images

    आज बुधबार बिहान निर्बाचन अधिकृत जितेन्द्र भण्डारी, क्याम्पस प्रमुख ऋषिराम पाण्डे,  धर्मराज रिजाल, इन्द्रमणी पाण्डे, झबिन्द्र भण्डारी , विशाल घिमिरेको उपस्थिमा पदाधिकारी निर्बाचित गरिएको हो । यस्तै संघ संगठनको तर्फबाट अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष राजन पोखरेल, अनेरास्ववियु विद्यार्थी प्रतिनिधि भरत भण्डारी, नेबिसंघ जिल्ला उपसभापती कमल पोख्रेल, थानेश्वर पन्थी, इन्द्र पोखरेल, बिष्णु प्रसाद घिमिरे,मनिषा नेपालीको उपस्थिति रहेको थियो । 

    images
    images

    गुल्मीमा  ८ क्याम्पसमा सर्बसम्मत पदाधिकारी चयन गरिसकिएको छ । 

    स्वबियु निर्बाचन यहि चैत्र पाँच गते हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।