Logo

२०८३, आश्विन ९गते


images
images

बुधबारदेखि बुद्ध एयरले गरिरहेको पोखरा–भद्रपुर–पोखरा स्थगित

बुधबारदेखि बुद्ध एयरले गरिरहेको पोखरा–भद्रपुर–पोखरा स्थगित

images
  • सेतोमसी सहकर्मी
  • बुधबारदेखि बुद्ध एयरले गरिरहेको पोखरा–भद्रपुर–पोखरा स्थगित
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  गत फागून २५ मा पोखरा–भद्रपुर–पोखरा उडान भव्य तामझामका साथ सुरु भएको थियो ।  भारतको पश्चिम बंगाल र पुर्वि नेपालका शहरमा पोखराको पर्यटन प्रवद्र्धनका निमित्त पोखराका मेयर धनराज आचार्य सहित पर्यटन व्यवसायीसमेतको उपस्थितिमा पोखरा–भद्रपुरको उडान गरिएको थियो । तर बुधबारदेखि बुद्ध एयरले गरिरहेको पोखरा–भद्रपुर–पोखरा स्थगित भएको छ । सुरु भएको ५ दिनमा नै अहिले उडान रोकिएको छ ।
                                                                                      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा रेग्मीले अहिले पोखरा–भद्रपुर उडान नभएको बताइन् । उनले बुद्ध एयरको उडान स्वीकृत रहेको तर उडान भने नगरिएको जिकिर गरिन् ।

    images
    images
    images

    पोखराबाट विहान ६ः१५ बजे र भद्रपुरबाट बेलुकी ६ः१५ बजेको उडान बुद्ध एयरले गरिरहेको थियो । तर यात्रु १०, १५ जना मात्र हुने गरेपछि हाललाई स्थगित गरिएको बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले बताए ।

    images
    images
    images

    उनले केही समयका लागि मात्र उडान रोकिएको र अब थप पपोखरा भद्रपुर रुटको प्रवद्र्धन गरेर पुनः सुरु गरिने बताए । बरालका अनुसार सो उडानका लागि बुद्ध एयरले दुई हप्तापछि नयाँ जहाज पोखरा ल्याउँदैछ ।

    images
    images
    images

    पर्यटन व्यवसायी गणेश थापाले तामझामका साथ सुरु भएको उडान ५ दिनमा नै रोकिनुले पोखराको पर्यटनमा क्षति पुगेको बताए । सामाजिक सञ्जालमा थापा लेख्छन्, ‘पोखराको गरिमामा आँच पुग्ने योजना विना उड्ने उडाउने सबै रमितेले पोखराको पर्यटनमा पुर्याएको क्षति माफ योग्य छैन । भुटान, भारतको पश्चिम बंगाल लगायत नेपालका प्रमुख शहरका लागि करिब १० करोड जनसंख्यालाई पोखरासँग जोड्ने सम्भावना रहेको यो क्षेत्रको उडान कुनै बहानामा रोकिनुहुँदैन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध एयर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।