Logo

२०८३, कार्तिक २८गते


images
images

चोरको नजर मन्दिरमा: देवदहको कोटियामाई मन्दिरमा पनि दानपेटिका फोडेर ५० हजार बढी चोरी

चोरको नजर मन्दिरमा: देवदहको कोटियामाई मन्दिरमा पनि दानपेटिका फोडेर ५० हजार बढी चोरी

images
  • चोरको नजर मन्दिरमा: देवदहको कोटियामाई  मन्दिरमा पनि दानपेटिका फोडेर ५० हजार बढी चोरी
    images

    देवदह ।  देवदहको कोटियामाई मन्दिरमा पनि गतराती चोरी भएको छ।  शितलनगरको दुर्गा पंचायतन मन्दिरमा चोरी भएकै रात घोडाहाको कोटहीमाई मन्दिरमा पनि चोरी भएको हो।  

    images
    images
    images

    मन्दिरमा राखिएको दानपेटिका फोडेर ५० हजार जति नगद चोरी भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष नित्यानन्द खनालले जानकारी दिए।  उनले भने, "शितलनगरको दुर्गा पंचायतन मन्दिरमा दानपेटिका फोडेर चोरी भएको रैछ।  त्यस्तै घटना हाम्रोमा पनि भयो। अनुमानित ५० हजार चोरी भएको छ। चोरको गिरोह नै सक्रिय भएजस्तो लग्यो।"

    images
    images
    images

    केहि महिना अघिमात्र महायज्ञ लगायर १ करोड बढी रकम संकलन गरेको मन्दिरमा चैते दशैँमा खोल्ने योजना सहित राखिएका दानपेटिकाबाट रकम चोरी भएको हो। 

    images
    images

    घटनाबारे बुझ्दा देवदह प्रहरी चौकीका प्रमुख डाक्टर प्रसाद चौधरीले घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।
     
    देवदहमा चोरीका घटनामा वृद्धि भैरहेको उल्लेख गर्दै स्थानिय व्यवसायी पवन पौडेलले केहिदिन अघिदेखि घरघरबाट कलश जस्ता साना-साना बस्तु हराउंदै आएकोमा अहिले मन्दिरनै लुटिने अवस्था आउनु दु:खद रहेकोले स्थानिय प्रशासन र आमनागरिक समेत थप सजग हुनुपर्ने बताए।  

    स्मरण रहोस गतराति नै देवदहकै अर्को दुर्गा पंचायतन मन्दिरमा समेत दुईवटा दान पेटिका फोडेर १५ हजारबढी रकम चोरी भएको थियो। 
      

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोटहीमाई मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।