Logo

२०८३, आश्विन १०गते


images
images

कर्जा असुली गर्न गएका बैंकका कर्मचारीमाथि पर्वतमा आक्रमण

कर्जा असुली गर्न गएका बैंकका कर्मचारीमाथि पर्वतमा आक्रमण

images
  • कर्जा असुली गर्न गएका बैंकका कर्मचारीमाथि पर्वतमा आक्रमण
    images
    images

    काठमाडौं । पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो ।

    images
    images
    images

    आक्रमणमा परी एक जना घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा उनीहरुमाथि आक्रमण भएको घटनाको प्रारम्भिक अनुसन्धानबाट देखिएको र घट्नमा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आक्रमणमा पर्ने दुवै जना व्यक्ति म्याग्दीमा रहेको एनआईसी एसिया बैंकमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बैंक सञ्चालकहरुको संस्था सीबीफीनले म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको जनाएको छ । बिहीबार उनीहरुमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गर्दै सीबीफीनले घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

    images
    images
    images

    बिहीबार सिबिफिनले एक विज्ञप्ति जारी गर्दै सापकोटा र आलेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न सीबीफीनले माग गरेको हो ।

    जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुरमा कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादती तथा म्यग्दीमा आज बैंकका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमण गरिएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘निहीत स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दछौं’ सीबीफीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    सीबीफीनले वार्ता तथा सम्वादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनको व्यवस्था मिलाउनका माग गरेको छ ।

    सीबीफीनले बैंकिङ सेवालाई निर्वाधरुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग अपिल समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बैंकका कर्मचारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।