Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा फाइनान्सद्वारा रक्तदान, ५१ यूनिट रगत संकलन 

पोखरा फाइनान्सद्वारा रक्तदान, ५१ यूनिट रगत संकलन 

images
  • पोखरा फाइनान्सद्वारा रक्तदान, ५१ यूनिट रगत संकलन 
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले २६औं वार्षिकोत्सव मनाएको हो । फाइनान्सको प्रधान कार्यालय रहेको स्थान न्युरोड पोखरामा रक्तदान कार्यक्रम भएको हो ।

    images
    images
    images

    उक्त अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । संस्थाका अध्यक्ष डा. दीर्घमान गुरुङको अध्यक्षतामा कार्यक्रम आयोजना भएको हो । फाइनान्सका सञ्चालकहरु कृष्णबहादुर गुरुङ, मेजर प्रेमबहादुर थापा, पूर्व प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ, पूर्व अध्यक्ष भुवन सिंह गुरु¬ङ लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।  २०५३ साल चैत ३ गतेबाट वित्तीय सेवा सुरु गरेको फाइनान्स आजबाट २७औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा फाइनान्सले सम्पूर्ण ग्राहक, शुभेच्छुक, शुभचिन्तकहरुमा आभार व्यक्त गरेको छ । ग्राहकबाट प्राप्त मायाले नै फाइनान्सले सफलता प्राप्त गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।                                                                               

    images
    images
    images

    देशभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २६ वर्षसम्मको यात्रामा संस्थाले ठुलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अगाडि बढिरहेको छ ।‘वित्तीय संस्था आगामी दिनहरुमा समेत आफ्ना ग्राहकलाई छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्न तत्पर छ,’ गुरुङले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा फाइनान्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।