देवदह । रुपन्देहीको देवदहमा दोस्रो संगम कप नक आउट फुटबल सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबीच देवदह नगरपालिका नगर प्रमुख धुर्व प्रसाद खरेलले प्रतियोगिताको उद्घाटन गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले खेलको लागि बजेट कम भएको उल्लेख गर्दै आगामी वर्ष प्रयाप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए। खेलको विकासमा देवदहका क्लबहरूले राम्रो उपलब्धी हासिल गरेको उल्लेख गर्दै उनले आयोजकको प्रशंसा गरे। कार्यक्रममा देवदह-३ का वडाअध्यक्ष यज्ञ अर्याल लगायतले बोलेका थिए।
शुक्रबार सम्पन्न उद्घाटन खेलमा देवदह ब्योइजले तिल्कना कल्बलाइ २ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।
भोलि पहिलो खेल सितलनगर राइज ब्योइज भर्सेस रामनगर एप्सि र दोस्रो खेल चारपाला एप्सि भर्सेस दिपज्योती एप्सि हुने अध्यक्ष कवि ज्ञवालीले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology