बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले छोटाहात्ती चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार रातको समयमा रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ८ अन्नपुर्ण टोलमा रोकी राखेको लु १ च ७८२२ नं. को छोटाहात्ती चोरी गरेको आरोपमा रिवेश गुरुङ र बिबेक परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ परेका आरोपितलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology