Logo

२०८३, आश्विन १०गते


images
images

इन्सुरेन्स कम्पनीले विमा अभिकर्तालाई शेयर दिनुपर्छ: अध्यक्ष तिवारी

इन्सुरेन्स कम्पनीले विमा अभिकर्तालाई शेयर दिनुपर्छ: अध्यक्ष तिवारी

images
  • इन्सुरेन्स कम्पनीले विमा अभिकर्तालाई शेयर दिनुपर्छ: अध्यक्ष तिवारी
    images
    images

    बुटवल । पेशागत विमा अभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले इन्सुरेन्स कम्पनीले विमा अभिकर्तालाई कम्पनीको शेयर वितरण गर्नुपर्ने बताएका छन्। शनिबार पेशागत विमा अभिकर्ता संघ एशियन लाईफ इन्सुरेन्सको दोस्रो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले इन्सुरेन्स कम्पनीले कम्पनीको पुँजी वृद्धि गर्ने हो भने विमा अभिकर्तालाई पहिलो प्राथमिकतामा राखेर शेयर दिनुपर्ने बताए। 

    images
    images
    images

    कम पुँजीका कारण केही विमा कम्पनीहरू मर्ज भएको तर्फ संकेत गर्दै अध्यक्ष तिवारीले अभिकर्तालाई खुसी बनाउन नसक्ने कम्पनी टिक्न नसक्ने धारणा व्यक्त गरे। उनले भने, "केहि कम्पनीहरू मर्जमा गएका छन्, त्यस्तो अवस्था किन आयो? लगानीकर्ताले विमा अभिकर्तालाई शेयर आह्वान गर्ने हो भने पुँजीको कमी हुन्न, तर कम्पनीले त्यसो गरेनन।" 

    images
    images
    images

    उक्त अधिवेशनमा एशियन लाईफ इन्सुरेन्स कम्पनीका दिपक कुमार श्रेष्ठ, कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेपुटी सीईयो होम बहादुर श्रेष्ठ, विमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा लगायतले बोलेका थिए। 

    images
    images
    images

    अधिवेशनले दामोदर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।