बुटवल । पेशागत विमा अभिकर्ता संघ एशियन लाईफ इन्सुरेन्सको अध्यक्षमा दामोदार लामिछाने चयन भएका छन्। संस्थापक अध्यक्षको रूपमा पहिलो कार्यकाल पुरा गरिसकेका लामिछाने शनिबार बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट पुन: अध्यक्षमा चयन भएका हुन्।
जसको वरिष्ठ उपाध्यक्षमा सिता भण्डारी, उपाध्यक्षमा सन्तलाल राई, सचिवमा राजु शाह, कोषाध्यक्षमा गोविन्द पन्थी र सह-सचिवमा कर्ण बहादुर हमाल सहित १६ सदस्यीय केन्द्रिय कार्य समिति चयन भएको छ।
अधिवेशनमा शुभकामना मन्तब्य राख्दै पेशागत विमा अभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले इन्सुरेन्स कम्पनीले विमा अभिकर्तालाई कम्पनीको शेयर वितरण गर्नुपर्ने बताए। इन्सुरेन्स कम्पनीले कम्पनीको पुँजी वृद्धि गर्ने हो भने विमा अभिकर्तालाई पहिलो प्राथमिकतामा राखेर शेयर दिनुपर्ने बताउंदै अध्यक्ष तिवारीले अभिकर्तालाई खुसी बनाउन नसक्ने कम्पनी टिक्न नसक्ने धारणा व्यक्त गरे। उनले भने, "केहि कम्पनीहरू मर्जमा गएका छन्, त्यस्तो अवस्था किन आयो? लगानीकर्ताले विमा अभिकर्तालाई शेयर आह्वान गर्ने हो भने पुँजीको कमी हुन्न, तर कम्पनीले त्यसो गरेनन।"
अधिवेशनमा एशियन लाईफ इन्सुरेन्स कम्पनीका दिपक कुमार श्रेष्ठ, कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेपुटी सीईयो होम बहादुर श्रेष्ठ, विमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा लगायतले बोलेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology