Logo

२०८३, कार्तिक २८गते


images
images

सुनवल देवकोटा क्याम्पसमा प्रमुखको पुत्ला दहन

सुनवल देवकोटा क्याम्पसमा प्रमुखको पुत्ला दहन

images
  • सुनवल देवकोटा क्याम्पसमा प्रमुखको पुत्ला दहन
    images

    सुनवल। पश्चिम नवलपरासीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचनको ४ वटा सम्बन्ध प्राप्त क्याम्पस मध्ये ३ वटामा मात्र स्ववियु निर्वाचन हुदैछ।

    images
    images
    images

    जसमध्ये पाल्हि बहुमुखी क्याम्पस रामग्राम,दिव्य ज्योती बहुमुखी क्याम्पस बर्दघाट,त्रिभुवन क्याम्पस बेलाटारीमा स्ववियु निर्वाचन सुरु भएको छ ।

    images
    images
    images

    स्ववियु निर्वाचनको माग गर्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा क्याम्पसमा विद्यार्थीहरुले नाराबाजी सहित क्याम्पस प्रमुख र संचालक समिति अध्यक्षको पुत्ला दहन गरेका छन।
    स्ववियु निर्वाचनको माग गरेपनि क्याम्पस प्रशासनले अनुमती नदिएपछि नेविसंघ,अनेरास्ववियुले संयुक्त रुपमा क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको अनेरास्ववियु देवकोटा क्याम्पसका इकाइ अध्यक्ष बिनम भण्डारीले बताए।

    images
    images

    फागुन २७ गते क्याम्पसका सबै प्रशासकीय शाखाहरुमा विद्यार्थीले तालाबन्दी गरेका थिए।ताला खुलाउने विषयमा क्याम्पस र विद्यार्थी संगठनबीच पटक पटक भएको वार्ता पनि निष्कर्ष विहीन बनेको।

    स्ववियु निर्वाचन नगराइ आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर परिमार्जन गरी विद्यार्थी परिषद्लाई नै निरन्तरता दिने पक्षमा क्याम्पस प्रशासन छ भने जसरी पनि स्ववियु निर्वाचन हुनु पर्ने विद्यार्थी संगठनको अडान छ।

    क्याम्पसमा अनेरास्वियु,नेविसंघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए।
    बिधार्थीले तत्काल निर्वाचनको मिती तोक्न आग्रह गरेका छ।तेस्रो चरणमा पुत्ला दहन गरेको र यथास्थिति निर्वाचनको मिति नतोकिएमा आन्दोलनको अर्को चरणमा जाने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।