Logo

२०८३, कार्तिक २८गते


images
images

प्रतिबद्धता पूरा गर्दै रुरुक्षेत्रका जनप्रतिनिधि, लिचीमा ओैषधि छर्न मेसिन

प्रतिबद्धता पूरा गर्दै रुरुक्षेत्रका जनप्रतिनिधि, लिचीमा ओैषधि छर्न मेसिन

images
  • सेतोमसी सहकर्मी
  • प्रतिबद्धता पूरा गर्दै रुरुक्षेत्रका जनप्रतिनिधि, लिचीमा ओैषधि छर्न मेसिन
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेकका लिची कृषक युवराज ज्ञवालीलाई सधै एउटै पिरलाे रहन्छ आफ्नो बारीमा लगाएका लिचीमा लाग्ने राेगकाे निवारण कसरी गर्ने भन्ने ।परम्परावादी खेति प्रणाली गर्ने बारीमा कृषि उत्पादन छाडेर लपक्कै लिची लगाएका युवराज ज्ञवालीलाई लिची हरेक वर्ष लिची फलेपछि पाक्ने बेलामा लिचीमा लाग्ने भेट्नाे कुहिने राेगले लिची उत्पादन र बिक्रीमा समेत घाटा बेहाेर्नु परेकाे छ ।                                        

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेक क्षेत्रलाई राज्यले लिचीगाउँ घाेषणा गरेकाे छ र हरेक वर्ष असार २ गते लिची महाेत्सव मनाईन्छ ।च्यूरेकका हरेक घरमा आठ दस वटा देखि सयौं लिचीका बाेटहरु छन ।यहाँको लिचीकाे  इतिहासकाे कुरा गर्दा असी वर्ष पुरानो छ ।यहाँका डिल्लीराम ज्ञवाली र लाेक बहादुर क्षेत्रीले त्रिवेणी मेलामा पुगेर ल्याएका दुईवटा लिचीका बाेटबाट नै लिची खेति शुरुवात भएकाे हाे र ती बाेट अझै छँदैछन र उत्पादन दिँदै आएका छन ।                                          

    images
    images
    images

    यसपछि च्यूृरेकमा लिचीकाे व्यवसायीक खेति शुरु भएपनि लिची कृषक हरुलाई राज्यकाे तर्फबाट कुनै उल्लेख्य  सहयाेग प्राप्त भएन ।याे क्षेत्रका किसानले आफ्नै तालले लिची खेती गर्दै गए ।                   

    images
    images

    पछिल्लो समय लिची ब्लककाे नाममा रकम विनियोजन भएपनि सबै किसानलाई याे कार्यक्रमले छुन सकेन ।                                    

    लिची लगाउने तर लिचीमा लाग्ने राेग र लिची खेतीकाे सँरक्षण र सम्बर्द्धनमा कतैबाट केही नपाएका च्यूरेकी किसानहरुलाई पहिलो पटक रुरुक्षेत्र गाउँपालिकाले लिचीखेती र लिचीमा लाग्ने किरा र राेगबारे दुईदिने अभिमुखिकरण तालिम सँगै लिचीमा छर्ने ओैषधि समेत उपलब्ध गराएकाे छ । रुरुक्षेत्र गाउँ पालिकाकाे वार्षिक कार्यक्रम अनुसार विनियोजित बजेटले रुरुक्षेत्र गाउँ पालिका वडा न १ ले लिची किसानका लागि निशुल्क ओैषधि सँगै गाउँका लागि लिचीमा ओैषधी छर्ने ठुलाे स्पेयर मशिन समेतका सुविधा शुरु गरेकाे छ ।                

    लिची किसानका समस्या समाधान गर्ने हाम्रो प्रतिबद्धता हाे र यहि प्रतिबद्धता अनुसार हामीले हाम्रो अभियान शुरु गरेका छौँ रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाअध्यक्ष नवराज विक ले भने । हुन पनि लाखौं रकम विनियोजन हुँदा सबै किसानलाई समेट्न नसकेको कार्यक्रमले यतिबेला गाउँ पालिकाकाकाे एकलाख बजेटले सबै लिची किसान  समेटिएक छन ।        

    किसाहरुका लिचीका बाेटमा ओैषधि छर्कने तयारी गरेेका छौँ पारिश्रमिककाे व्यवस्थापन गरि स्थानीय युवालाई परिचालन गरिने छ रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले भने ।                                                

    अनुसन्धानले लिचीगाउँ च्यूरेकमा रहेका लिचीमा  सुलसुले ,फ्रुट बाेरर राेगकाे परेकाे रुरुक्षेत्र गाउँ पालिका कृषि शाखा प्रमुख अमीत ज्ञवालीले बताए  । सुलसुलेका लागि प्राेपाजाईट र फ्रुट बाेररका लागि इमिडिनक्लाेपाेरिड ओैषधि सिफारिस गरिएकाे छ भने अधिकाँश लिचीका बाेटहरुमा पानी र मलकाे मात्रा कम भएकाे पनि पाईएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।