Logo

२०८३, कार्तिक २८गते


images
images

आज घोडेजात्रा, काठमाडौँको टुँडिखेलमा विशेष समारोह हुँदै

आज घोडेजात्रा, काठमाडौँको टुँडिखेलमा विशेष समारोह हुँदै

images
  • आज घोडेजात्रा, काठमाडौँको टुँडिखेलमा विशेष समारोह हुँदै
    images

    काठमाडौँ । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष समारोहको आयोजना हुँदैछ ।

    images
    images
    images

    राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा घोडेजात्रा कार्यक्रम गर्न लागेको हो ।

    images
    images
    images

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार समारोहमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका कला प्रदर्शन गरिने छ ।

    images
    images

    घोडेजात्रा पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि काठमाडौँ उपत्यकामा मनाउने परम्परा हो ।

    परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाइन्छ ।

    यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभमङ्गल ल्याउने विश्वास गरिन्छ । यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

    यसैबीच राहदानी विभागले घोडेजात्राको बिदाका दिन आज आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

    विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० देखि दिउँसो साढे २   बजेसम्म विभाग खुल्ला रहने जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।