Logo

२०८३, आश्विन १०गते


images
images

सटर डाउन गरेर व्यवसायी आन्दोलनमा, एनआईसी एशिया बैंकको देवदह शाखामा लगाए ताला

सटर डाउन गरेर व्यवसायी आन्दोलनमा, एनआईसी एशिया बैंकको देवदह शाखामा लगाए ताला

images
  • सटर डाउन गरेर व्यवसायी आन्दोलनमा, एनआईसी एशिया बैंकको देवदह शाखामा लगाए ताला
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा आफ्नै व्यवसाय बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।  मंगलबार दुई घण्टा सटर डाउन गरेका स्थानीय व्यवसायीले एनआईसी एशिया बैंकको देवदह शाखामा तालाबन्दी समेत गरेका छन्। 

    images
    images
    images

    बैंकले दु:ख र अनावश्यक तनाब दिएको भन्दै ऋणी व्यवसायीहरूले बैंकमा ताला लगाएका हुन। बिहान ८ बजेदेखि खैरेनीको लोकेश्वर मन्दिर परिसरमा भेला भएका व्यवसायीले बैङ्ककै टर्चरले आत्महत्या गर्नुपर्नेस्थिति आएको भन्दै सटर डाउन गरेर बैंकमा ताला लगाए। 

    images
    images
    images

    सटर डाउन तथा बैङ्कमा तालाबन्दी गर्नुअघि व्यवसायीको आकस्मिक भेलाले व्यवसायी रामप्रसाद देवकोटा संयोजक तथा मधु श्रेष्ठ र मेघराज ढकाल सहसंयोजक रहेको २० सदस्यीय संघर्ष समिति गठन गरेको थियो। जसको सदस्यहरूमा  कृष्ण चापागाईं, गोपाल ढकाल, बम बहादुर आले, पदम ढुंगाना, कृष्ण शाही, देबु विक र हरि न्यौपाने, प्रेम जिसी, सन्तोष नारायण, सरोज जिसी, लगायत रहेका छन्।

    images
    images
    images

    एनआईसी एशिया बैंकमै ताला किन?

    देवदहमा दर्जनको संख्यामा विभिन्न राष्ट्रियस्तर र स्थानीय बैंक तथा वित्तिय संस्थाहरूका कार्यालय रहेका छन् तर आईसी एशिया बैंकमै ताला किन भन्ने प्रश्नमा नवगठित संघर्ष समितिका संयोजक देवकोटाले एनआईसी एशिया बैंकले ऋणीलाई थाहै नदिई व्यवसायी बम बहादुर विकको घर-जग्गा लिलामीमा राखेको आरोप लगाए। 

    व्यवसायी बम बहादुर बिकसंग घटनाबारे थप बुझ्दा उनले आफुले मङ्सिरसम्म नियमित व्याज तिरिरहेको बताउंदै आफुलाई कुनै जानकारी नदिई आफ्नो घर जग्गा लिलाममा राखेको र आफ्नै छिमेकी इन्द्र सुनारले उक्त घरजग्गा लिलामीमा किन्न भनि बैंकमा रकम जम्मा गरेको बताए।  आफुलाई थाहै नदिई बैङ्कले सेटिंगमा आफ्नो घर जग्गा कब्जा गर्न खोजेको भन्दै उनले आक्रोस पोखे। 

    यता बैंकले लिलामीमा राखेको छिमेकीकै घर लिलामीमा किन्न बैंकमा पैसा समेत बुझाएका भनिएका स्थानिय इन्द्र सुनचादी पसलका संचालक इन्द्र सुनारले आफुलाई बैंकले बाध्य पारेर लिलामीको घरजग्गा किन्ने प्रक्रियामा सामेल भएको बताए। 

    घटनाबारे बैंकको आधिकारिक भनाई बुझ्न खोज्दा बैंकका शाखा प्रमुख संजय ज्ञवालीसंग सम्पर्क हुन सकेन। 

    'लिलामीको घरजग्गा किने संघर्ष समितिले कारवाही गर्ने'

    बैंकमा तालाबन्दीपछि आयोजित कोणसभामा बोल्दै नवगठित संघर्ष समितिका संयोजक देवकोटाले कुनै पनि व्यक्ति वा संस्था बैंकले लिलामीमा राखेको घरजग्गा किन्ने प्रक्रियामा सहभागी भए कारवाही गरिने बताए। अफ्ठ्यारो परेको बेला व्यवसायीको पिडा व्यवसायीले नै बुझ्नुपर्ने उल्लेख गर्दै संयोजक देवकोटाले कोहि व्यवसायीले बैङ्कसंग मिलेमतो गरेर लिलामीमा राखिएको घरजग्गा खरिद गरे त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए। 

    त्यसैगरी सोहि संघर्ष समितिका सह- संयोजक मधु श्रेष्ठले व्यवसायीलाई दुख दिने कुनै पनि बैंकलाई नछाडिने चेतावनी दिए।  उनले भने, "आज एनआईसी एशिया बैंकमा ताला लगाईएको छ। यस्तै ज्याजति गरे अन्य बैंकलाई पनि छोडिन्न।"

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।