Logo

२०८३, कार्तिक २८गते


images
images

विश्व मुख स्वास्थ्य दिवसमा नाटक मञ्चन

विश्व मुख स्वास्थ्य दिवसमा नाटक मञ्चन

images
  • सेतोमसी सहकर्मी
  • विश्व मुख स्वास्थ्य दिवसमा नाटक मञ्चन
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी मेडिकल कलेज, कलेज अफ डेन्टल सर्जरी र रोट्र्याक क्लव अफ पोखरा गण्डकी मेडिकल कलेजको संयुक्त आयोजनामा पोखरा-२६ बुढिबजारमा सचेतना अभिवृद्धि कार्यक्रम भएको हो । 

    images
    images
    images

    डा. गीतु गैरेका अनुसार हरेक वर्ष मार्च २० मा मनाइने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा पोखरामा ‘मुख स्वास्थ्य’ दिवस मनाइएको हो । उक्त अवसरमा नाटकसहितको जनचेतानात्मक कार्यक्रम गरिएको थियो । मुख स्वास्थ्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नाटक मञ्चन गरिएको हो ।

    images
    images
    images

    ब्रस कसरी गर्ने, दाँतको समस्यामा किन अस्पतालमा पुग्ने, मुख स्वास्थ्यलाई ख्याल नगर्दा के समस्या आउँछ ? जस्ता कुरालाई समेटेर नाटक देखाइएको हो ।कार्यक्रममा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने कुरामा पनि ध्यानाकर्षण गराइएको थियो । मुख स्वास्थ्यमा ध्यान नदिँदा मुटु र मधुमेह रोगहरू देखिने भन्दै सचेतना गराइएको थियो । 

    images
    images

    गण्डकी मेडिकल कलेज रिट्टेपानीबाट सुरु भएको र्‍याली बुढीबजार चोकमा पुगेर समापन गरिएको हो । र्‍यालीमा जनचेतानात्मक प्लेकार्ड प्रस्तुत गरिएको थियो । ट्राफिक प्रहरीसहितको सहभागिता र सहयोगमा कार्यक्रम सफल भएको डा. गैरेले बताइन् ।

    गण्डकी मेडिकल कलेजमा ‘पोष्ट प्रिजेन्टेसन कम्पिटिसन’ र रंगहोली बनाएका थिए । जसमा १९ जना विद्यार्थी सहभागी थिए । 
    कार्यक्रममा डाक्टरहरु नुवादत्त सुवेदी, रेबिका रञ्चित, मुना सिलवाल र कृष्ण सुवेदी सहभागी थिए ।कलेजका प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ र अस्पतालकी मेडिकल सुपरिटेन्डेड टुमाया घले पनि कार्यक्रममा सहभागी थिए ।बिडिएस संकायका कोअर्डिनेटर डा. उमेश पराजुलीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए 

     

    बिडिएस संकायका कोअर्डिनेटर डा. उमेश पराजुलीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।