Logo

२०८३, आश्विन १२गते


images
images

अफगानिस्तानमा भुकम्प

अफगानिस्तानको भुइँचालोले कम्तिमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म कम्पन

अफगानिस्तानको भुइँचालोले कम्तिमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म कम्पन

images
  • अफगानिस्तानको भुइँचालोले कम्तिमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म कम्पन
    मंगलबार राति आएको भुइँचालोपछि घरबाट बाहिर निस्केका पाकिस्तानको लाहौरका बासिन्दा। तस्बिर: अल जजीरा
    images
    images

    काठमाडौं । अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्।

    images
    images
    images

    अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    images
    images
    images

    भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो।

    images
    images
    images

    उक्त भुइँचालोले अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ।

    त्यस्तै, पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्। खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए।

    भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।

    पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भुइँचालोको ठूलो कम्पन महसुस गरिएको थियो। भुइँचालोको झट्कापछि स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुला स्थलमा निस्केका थिए। फेरि भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताए।

    भारतको राजधानी दिल्ली र उत्तरी भारतका अधिकांश हिस्सामा पनि कम्पन महसुस गरिएको थियो। अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको कम्पन काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न ठाउँमा समेत महसुस गरिएको छ।

    यो भुइँचालोको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो। यो नेपालको भन्दा निकै गहिराइबाट आएको भुइँचालो हो। नेपालमा २०७२ सालमा भुइँचालो आउँदा जमिनको सतहभन्दा जम्मा १० किलोमिटर तलबाट तरंग उत्पन्न भएको थियो।

    यसरी कम गहिराइबाट उत्पन्न हुने तरंगलाई जमिनको सतहसम्म आइपुग्न कम समय लाग्ने हुँदा त्यसले ल्याउने कम्पन निकै ठूलो हुन्छ, जुन नेपालको भुइँचालोमा महसुस गरियो। तर यस्तो भुइँचालो धेरै टाढासम्म महसुस हुँदैन।

    अफगानिस्तानमा भने सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरियो। यस्तो तरंगलाई सतहसम्म आइपुग्न धेरै समय लाग्छ। त्यसैले कम्पनको शक्ति कम हुन्छ। यति हुँदाहुँदै दिल्ली लगायत ठाउँमा ठूलै झट्का महसुस गरिएको भारतीय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

    गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।

    नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली देशहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो गएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुइँचालो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।