Logo

२०८३, आश्विन ९गते


images
images

चैत्र १७ देखि सञ्चालन हुने एसईईको सम्पूर्ण तयारी पूरा

चैत्र १७ देखि सञ्चालन हुने एसईईको सम्पूर्ण तयारी पूरा

images
  • चैत्र १७ देखि सञ्चालन हुने एसईईको सम्पूर्ण तयारी पूरा
    images
    images

    काठ्माण्डौं । आगामी चैत्र १७ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको कार्यालयले बताएको छ ।

    images
    images
    images

    त्यस्तै ५ लाख १६ हजार ५ सय ९५ जना विद्यार्थीले यस वर्षको परीक्षाको लागि रजिष्ट्रेशन फारम भरेको जनाइएको छ । गत वर्ष एसईई परीक्षाको लागि ५ लाख १४ हजार ९ सय ५५ जनाले रजिष्ट्रेशन भरेका थिए जसमध्ये ४ लाख ९५ हजार ७ सय ५१ परीक्षामा सहभागी भएका थिए ।

    images
    images
    images

    यस्तै उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्न–पत्र पु¥याइसकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार दृष्टिबिहिन परीक्षार्थीले भने आफु अध्ययन गरिरहेको विद्यालयबाटै एसईई परीक्षा दिन पाउने भएका छन् ।

    images
    images
    images

    परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहिन स्रोत कक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुका लागि सोही विद्यालयबाट परीक्षा दिने व्यवस्था गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।