गुल्मी । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रुरु शाखाद्वारा जनज्योति माध्यमिक बिद्यालय रुरुक्षेत्र ६ रिमुवामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
'ग्लोबल मनी वीक' कार्यक्रम अनुसार विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम दिन थालिएको छ । बिद्यालयमा रहेका विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुरयाउने उद्देश्यले कार्यक्रम गरिएको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रुरु शाखा प्रमुख बिज्ञान पन्तले बताए ।
त्यस्तै बैंकका कर्मचारी विद्यार्थीहरुलाई वित्तीय साक्षरताको अर्थ, नेपालमा वित्तीय प्रणालीको अवस्थामा, बैंकले गर्ने मुख्य कामहरु, वित्तीय अनुशासन र डिजिटल बैकिङ प्रविधिका बारेमा जानकारी गराइएको थियो ।
त्यस्तै बैंकका कर्मचारी ठाकुर ज्ञवालीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाबाट युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेकाे बताए । यस वर्षको थिमले युवाहरूमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको ।
कार्यक्रमकाे सहजिकरण बिद्यालयका प्र.अ भुवनेश्वर भुषालले गरेका थिए
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology