Logo

२०८३, कार्तिक २८गते


images
images

दिगो विकास लक्ष्य प्राप्ति र श्राेत  ब्यवस्थापनका लागि सांसदसंग अन्तरक्रिया

दिगो विकास लक्ष्य प्राप्ति र श्राेत  ब्यवस्थापनका लागि सांसदसंग अन्तरक्रिया

images
  • दिगो विकास लक्ष्य प्राप्ति र श्राेत  ब्यवस्थापनका लागि सांसदसंग अन्तरक्रिया
    images

    बुटवल । रुपन्देहीको लुम्बिनीमा दिगो विकास लक्ष्य प्राप्तिका लागि श्राेत  ब्यवस्थापनमा प्रदेश  सभा सदस्यहरुको भुमिका बिषयक अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा बिहिबारदेखि कार्यक्रम सुरु भएको हो। 

    images
    images
    images

    लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता तथा  मुख्यमन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा शुरु भएको अभिमुखिकरण कार्यक्रम दुईदिनसम्म संचालन हुने प्रदेश सभा सचिवालयका सचीव दुर्लभ पुनले जानकारी दिए । 

    images
    images
    images

    अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ योजना र कार्यक्रम लक्षित गरिएको बताए।
    लुम्बिनी प्रदेशका समृद्धिका आधारहरु तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले राजनीतिक स्थायीत्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए । 

    images
    images

    कार्यक्रममा लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले दिगो विकास लक्ष्य पुरा गर्नको लागि सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरि काम गरिने बताए ।  दिगो विकास लक्ष्य अनुरुप प्रदेशको कानुन निर्माण गर्नु पर्ने धारणा राख्दै उनले त्यसको लागि सोही अनुसारको पहल गर्ने प्रतिवद्धता समेत जनाए । 

    विपक्षी दलका नेता दिल्ली चौधरीले नेपालको लागि सहयोग गर्ने दातृ निकायले जनतामुखि भएर योजना बनाउन नसकेको बताउदै मुख्य लाभान्वित बर्गसम्म कार्यक्रम लैजान सुझाव दिए ।  

    युनडिपिका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो बिकास लक्ष्य अनुसार काम गर्न नीतिनिर्माताको महत्त्वपूर्ण भुमिका रहने बताए।

    कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा र अर्थविज्ञ डा. स्वर्णीम वाग्ले अभिमुखिकरणमा सहजीकरण गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसदसंग अन्तरक्रिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।