Logo

२०८३, कार्तिक २८गते


images
images

७८ वर्षे 'कान्छाबा'को लोभलाग्दो फलफूल बँगैचा

७८ वर्षे 'कान्छाबा'को लोभलाग्दो फलफूल बँगैचा

images
  • ७८ वर्षे 'कान्छाबा'को लोभलाग्दो फलफूल बँगैचा
    images

    कृष्ण अन्जान, गुल्मी । उमेर चारबिस तिर उकालाे लाग्दैछ, तर रुरुक्षेत्र गाउँपालिका-१ च्यूरेकका पिपलमुनी कान्छाबा आफ्नो फलफूल बँगैचाकाे स्याहारसुसारमा घण्टौं समय बिताउँछन ।

    images
    images
    images

    सालबिसाउना पानीटँकि माेटरबाटाे सडकखण्डकाे स्यालपाेखरी नजिकै बाटामुनी पिपलमुनी कान्छा बा अर्थात गाेपाल प्रसाद ज्ञवालीकाे फलफुल बगैँचा देख्नलायक छ । बारीभरि डमक्कै लिची, सुन्तला, कागत, केराका बाेटहरुले जाे कसैलाई लाेभ्याउँछ ।

    images
    images
    images

    उनले  याे फलफुल खेतीकाे शुरुवात गरेकाे चौसट्ठि वर्ष पुग्याे । त्रिवेणीमेलामा जाँदा ल्याएकाे एउटा बाेट लिचीबाट शुरु भएकाे उनकाे फलफुल बगैँचा यतिबेला याे क्षेत्रकाे वैभवताकाे रुपमा छ । चौसठ्ठि वर्ष अघि एउटा लिचीकाे बाेटबाट शुरुभएकाे उनकाे फलफुल बँगैचामा यतिबेला साना ठुला गरि पचास बाेट लिची, सत्तरी बाेट सुन्तला, त्यतिनै सँख्यामा कागती, दुई दर्जन भन्दा बढी केरा पसाउँदै गरेका बाेटहरु छन ।             

    images
    images

    गज्जबकाे कुरा त के भने उनकाे बारीका लिची त्यहि एउटा बाेटबाट उनले घरमै कलमे बनाएका बाेटहरु हुन भने सुन्तला घरमै ब्याड राखेर सारेका बाेटहरु हुन ।                       

    "सुन्तला र लिची बेचेर वर्षको दुईतिन लाख सजिलै आम्दानी हुन्छ" बँगैचामा फलफुल स्याहारसुसार गर्दै गरेका उनले भने ।            

    हुनपनि सिजनमा स्थानीय रिडीबजारमा उनले आफ्नो बँगैचामा फलेका फलफुलहरु बेच्ने गरेका छन र सजिलै जीवनकाे जाेहाे चलाएका छन । 

    जीवनका सतहत्तर वर्ष चलिरहँदा उनकाे जीवनयापन, छाेराछाेरीकाे शिक्षादिक्षा, पालनपोषण, दुखबिमारमा यहि फलफुल बगैँचा सहारा बन्याे र यतिबेला त यहि बँगैचा बुढेसकालकाे सहारा बनेकाे छ ।     

    परम्परावादी कृषि प्रणालीलाई च्यात्तै छाडेर करिब १५ राेपनि जग्गामा फलफूल खेति गरिरहेका पिपलमुनी कान्छाबाले यी बाेटहरु हुर्काउँदा कुनै न प्राविधिक सहयाेग पाए न कुनै आर्थिक अनुदान नै । उनी अनुभवले खारिएका फलफूल खेतिका प्राविधिक हुन र फलफूल खेतिका सफल कृषक ।
                         
    कृषिका परियाेजना झाेलामा बाेकेर झाेले कृषिका अनुदान खाँदै हिँड्नेहरुका अगाडी न राज्यको कुनै सहयाेग, न अनुदान, न पुरस्कार न अवसर पाएका पिपलमुनी कान्छाबा एकजना सफल कृषककाे रुपमा स्थापित छन ।                             

    "अहिलेसम्म कसैले केही सहयाेग गरेकाे छैन।  एक दुईवटा फलफूलका बुटा लाएकाले उत्कृष्ट पुरस्कार पाए।  अनुदान पाए भन्ने सुन्छु मैले त सरकारबाट कहिल्यै केही पाएकाे छैन र अब त आशा पनि लाग्दैन" पिपलमुनी कान्छाबाले भने ।           

    यसरी टाठाबाठाले राज्यको सहयाेग, अनुदान, पुरस्कारमा कब्जा जमाउने राज्यको थितीका अगाडि वास्तविक किसान राज्यको आँखामा पर्दैनन् भन्ने एक उदाहरण बनेका छन् पिपलमुनि कान्छा बा ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फलफुल बँगैचा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।