राजेश पराजुली, पोखरा । पोखरास्थित अमरसिंह उच्च माविमा यस वर्षको कक्षा ११ मा अध्ययनरत ३७ जना विद्यार्थीले संस्कृत विषयको परीक्षा दिने भएका छन् । उनीहरु सबै विज्ञान संकायमा अध्ययनरत छन्
परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहजता प्रदान गर्न शुक्रबार विद्यालयमा अभिमुखी कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई चिन्तामणि योगी, विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, महासंघको मातृशक्ति परिचालन समिति गण्डकी प्रदेश अध्यक्ष पार्वता पौडेल, विद्यालयका संस्कृत विषयका शिक्षाक बलराम पोखरेलले संस्कृत भाषा र यसको इतिहासबारे जानकारी गराएका थिए ।
डा. योगीले हरेक शिक्षाको विकासका लागि संस्कृत अनिवार्य रहेको बताए । उनले संस्कृत शिक्षा विश्वका धेरै देशमा कक्षा १ देखि १२ सम्मनै अनिवार्य शिक्षामा राखिने गरेको बताए ।
नेपालको सरकारी विद्यालयमा विज्ञान विषयमा अध्ययनरत विद्यार्थीले संस्कृत विषय पढेको इतिहासमै पहिलो भएको उनले बताए । पहिलो पटक संस्कृत विषय पढाएर अमरसिंह उच्च माविले निकै प्रशंसनीय कार्य गरेको भन्दै यसबाट धेरै राम्रो सन्देश प्रवाह हुने बताए । कार्यक्रम विज्ञान संकायकी विभागीय प्रमुख रुना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology