Logo

२०८३, आश्विन १२गते


images
images

भारतको उत्तर प्रदेशमा एक महिलाद्वारा आफ्नै छोरा र छोरीको हत्या

भारतको उत्तर प्रदेशमा एक महिलाद्वारा आफ्नै छोरा र छोरीको हत्या

images
  • भारतको उत्तर प्रदेशमा एक महिलाद्वारा आफ्नै छोरा र छोरीको हत्या
    प्रतिकात्मक तस्बिर
    images
    images

    एजेन्सी । भारतको उत्तर प्रदेशको मेरठमा एक महिलाले आफ्ना १० वर्षीय छोरा र ६ वर्षीया छोरीको आफ्नै प्रेमीको सहयोगमा हत्या गरेको घटना सार्वजनिक भएको छ ।

    images
    images
    images

    उत्तर प्रदेश प्रहरीका अनुसार यो घटना मार्च २२ मा भएको थियो । बालबालिकाको हत्यापछि ती महिला र उनका प्रेमी दुवैले शवलाई नहरमा फालेका थिए । उक्त महिलाको प्रेमी स्थानीय पार्षद पनि हुन् ।

    images
    images
    images

    उक्त घटनामा महिलाका केही छिमेकी पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । तर, बालबालिकाको शव भने अझै फेला पर्न सकेको छैन ।

    images
    images
    images

    “मार्च २२ मा दुई दाजु बहिनी, एक १० वर्षीय केटा र ६ वर्षीया बालिकाको हत्या गरी शवलाई उनकी आमा र उनका प्रेमी अर्थात् स्थानीय पार्षद साउदले छिमेकीहरूको सहयोगमा नहरमा फालेका थिए । बालबालिका बेपत्ता भएपछि उजुरी दर्ता भएको र अनुसन्धानका क्रममा षड्यन्त्र खुलेको मेरठका प्रहरी उपरीक्षक पियुष सिंहले बताए ।

    एसपी सिंहका अनुसार 'हत्यामा तीन महिला र तीन पुरुष संलग्न छन् । बालिकाको आफ्नै घरमा र केटाको छिमेकीको घरमा हत्या भएको थियो । उनिहरुको शव अझै फेला परेको छैन। सबै अभियुक्त पक्राउ परेका छन्' ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।