Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि चुनौती: एमाले नेता गैरे 

राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि चुनौती: एमाले नेता गैरे 

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि चुनौती: एमाले नेता गैरे 
    images

    कृष्ण अन्जान,  गुल्मी । नेकपा एमालेका पाेलिटब्युराे सदस्य ठाकुर गैरेले मुलुकमा यतिबेला  राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि  चुनौति देखिएकाे बताएका छन ।

    images
    images
    images

    पार्टीले सन्चालन गरेकाे मिसन ग्रासरुट कार्यक्रमकाे सिलसिलामा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकाे रिडीबजारमा आयाेजित कार्यक्रममा बाेल्दै एमाले नेता गैरेले  भने, "एकातिर मुलुक अस्थिरतातिर उन्मुख छ भने अर्को तर्फ आर्थिक मन्दीका कारण थप सँकट उत्पन्न भएकाे छ।"

    images
    images
    images

    सो क्रममा उनले नेकपा एमालेले मुलुककाे कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने अभियानमा पुस १० काे सम्झौता गरेकाे तर विदेशीकाे ईसारामा माओवादीले बेईमानी गरेर सम्झौता ताेडेकाे आराेप नेता गैरेले लगाए । "राजनैतिक सहमति ताेडेर माओवादीले बेईमानीसँगै अस्थिरता निम्त्यायाे" उनले भने,
    "राष्ट्रिय समस्यामा सरकार उदासीन देखियो र विदेशीकाे बुई चढेर सरकार बनाउने काम भयो।"

    images
    images

    यतिबेला नेकपा एमालेले देशैभरी मिसन ग्रासरुट अभियान सन्चालन गरेकाे र सिद्धान्त, सँगठन र सँघर्ष अर्थात तीन 'स' का कार्यक्रम मार्फत कार्यकर्ताहरुलाई परिचालन गर्दै पार्टीलाई गतिशील बनाउने काम शुरु भएकाे उनको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।