Logo

२०८३, आश्विन ९गते


images
images

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर अनुदान दिने

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर अनुदान दिने

images
  • विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर अनुदान दिने
    images
    images

    काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ ।
    नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ )रकम बराबरको अनुदान दिने निर्णय गरेको हो ।अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करो

    images
    images
    images

    ड डलर आर्थिक सहायता स्वीकृत गरेको हो ।
    यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस् हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पुँजीको विकासका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।यसले नयाँ संघीय राज्यको महत्त्वाकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत समर्थन गर्ने उनको भनाइ छ ।

    images
    images
    images

    यसै सहायतामार्फत प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीपहरू सुधार गर्ने, कोरोना महामारी र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ हानीलाई सम्बोधन गर्ने, उपयुक्त कक्षा कोठाको निर्माण, डिजिटल शिक्षणलाई सुदृढ गर्ने, बालिका र अपाङ्गगता भएका विद्यार्थीलाई विशेष ध्यान दिने र छात्रवृत्तिलगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन्

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।